१७० देशका पर्यटक नेपाल भित्रिए

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७६ माघ १, बुधबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ १, काठमाण्डौ । सन् २०१९ मा १ सय ७० देशका नागरिकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले यसै साता तयार पारेको सन् २०१९ को स्वदेशी तथा विदेशी आगमन प्रतिवेदनमा त्रिभुवन विमानस्थल तथा अन्य सडक नाकाबाट कम्तिमा १ सय ७० देशका नागरिक नेपाल आएको उल्लेख छ ।

संयुक्त राष्ट्रसंघको तथ्यांकमा संसारभर १ सय ९५ देश छन्। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ । विभागका अनुसार नेपाल पस्ने एउटा हवाइ नाकाबाहेक १२ वटा सीमानामा सडक नाका छन् । विभिन्न नाकाबाट ११ लाख ५२ हजार ५ सय १ विदेशी भित्रिएको र १३ लाख २० हजार नेपाली विदेशतर्फ लागेको विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस