माघ १, धादिङ । आज माघ १ गतेका दिन धादिङको गल्छि गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । स्थानिय रुपमा पनि माघी पर्ब बिशेष रुपमा मनाउने भएकाले पनि गाउँपालिकाले सार्वजनिक विदा दिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन कुमार श्रेष्ठले बताएका छन् । गल्छि गाउँपालिकाले एक सुचना नै जारी गरेर सार्वजनिक बिदाको घोषणा गरेको छ ।
यसैगरी नुवाकोटको म्यागङ गाउपालिकाले पनि माघेसंक्रान्तिको अवसरमा सार्वजनिक विदा दिएको छ ।