कैलाली जिल्ला अदालतमा ९९८ मुद्दा फछ्र्योट

  • अनलाइन केन्द्र
  • / इन्स्योरेन्स /
  • २०७५ श्रावण १२, शनिबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन १२,बैतडी । कैलाली जिल्ला अदालतमा आर्थिक वर्ष २०७४/७५ मा ९९८ मुद्दा फछ्र्योट गरिएको छ ।

अदालतमा अघिल्लो वर्षका जिम्मेवारी सरिआएका समेत आव २०७४÷७५ मा एक हजार ७७६ मुद्दा परेका थिए । शुक्रबार जिल्ला अदालतमा आयोजित पत्रकार अन्तक्र्रिया कार्यक्रममा दिइएको जानकारीअनुसार फछ्र्योटमध्ये सबैभन्दा बढी छ महीनाभित्रका ५०८ र सबैभन्दा कम दुई वर्ष नाघेका ४५ मुद्दा छन् ।

जिल्ला अदालतमा अघिल्लो वर्षका जिम्मेवारी सरिआएका ५८६ थान मुद्दाबाहेक एक हजार १९० नयाँ मुद्दा दर्ता भएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । फछ्र्योट हुन बाँकी ७७८ मुद्दा छन् ।

अदालतमा सम्बन्धबिच्छेद, लागूऔषधजस्ता मुद्दाको संख्या बढ्दै गएको जनाइएको छ । जिल्ला न्यायाधीश विष्णुप्रसाद अर्यालले मुद्दाको बढ्दो चाप, दरबन्दीअनुसारका न्यायाधीश कार्यरत नहुनु र गत वर्ष निर्वाचनमा खटिनुपरेका जस्ता कारण मुद्दा फछ्र्योटमा लक्ष्यअनुसारको प्रगति हुन नसकेको बताए ।

अदालतका श्रेस्तेदार इन्द्रबहादुर कठायतले परिवारिक बेमेल, घर छाडेर वैदेशिक रोजगारीमा जानु, प्रेम बस्नु, कम उमेरमै विवाह गर्नु, घरेलु हिंसा, महत्वाकांक्षा बढ्नुजस्ता कारणले पछि गएर सम्बन्धबिच्छेदका घटना हुने गरेको पाइएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस