अमेरिका र चीनबीच व्यापार युद्ध सहजीकरण गर्ने समझदारी

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ माघ २, बिहिबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ २, काठमाण्डौ । अमेरिका र चीनबीच व्यापार युद्धलाई सहज गर्नका लागि दुईपक्षीय समझदारीमा हस्ताक्षर भएको छ । दुई देशबीचको व्यापार युद्धका कारण विश्वकै अर्थतन्त्रलाई अप्ठेरो परिरहेको बेलामा दुई मुलुकबीच समझदारीमा हस्ताक्षर भएको हो ।

वाशिङटनमा सहमतिबारेमा कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सहमति अमेरिकी अर्थतन्त्रका लागि परिवर्तनकारी हुने बताएका छन् । चिनियाँ नेताले यो समझदारीलाई‘ विन विन’ डीलको संज्ञा दिएका छन् । यसले दुई मुलुकबीचको सम्बन्धमा राम्रो अवस्था सिर्जना गर्ने जनाएका छन् । चीनले अमेरिकी उत्पादन सन् २०१७ को भन्दा २०० बिलियन डलरले बढाउने र बौद्धिक सम्पतिमाथिको नियमलाई सबल बनाउने प्रतिबद्धता जनाएको बताइएको छ । बीबीसी–सीएनएन

ताजा अपडेट

खोजी गर्नुहोस