माघ २, काठमाण्डौ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थ भारतबाट ल्याइने भएको छ । विस्फोटक पदार्थ ल्याउन पाँच महिनाभन्दा बढी लाग्ने बताईएको छ । नेपाली सेनाले यो बर्षबाट विस्फोटक पदार्थ उत्पादन थाले पनि यो सामाग्री प्रयोग नगरिने भएको हो ।
सुरुङमार्ग निर्माण आयोजना कार्यालयले विस्फोटक पदार्थ खरिदको प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ । जेठदेखि सुरुङको काम हुने भएकाले पहिलो चरणमा खरिद इजाजत लिने प्रक्रिया अघि बढेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गृह र रक्षा मन्त्रालय हुँदै सैनिक मुख्यालयमा इजाजतका लागि पत्र पठाएको आयोजना कार्यालयले जानकारी दिएको छ ।
इजाजत पाएको पाँच महिनाभित्र विस्फोटक पदार्थ आउनेछ । सेनाले वार्षिक २ हजार ४ सय टन विस्फोटक पदार्थ उत्पादन गर्ने गरी गत भदौबाट काम गरिरहेको छ । सेनाले भने आफूहरूले उत्पादन गरेको विस्फोटक पदार्थ गुणस्तरीय भएको दाबी गर्दै आएको छ । उक्त विस्फोटक पदार्थले काम नगरे पुनः बाहिरबाट ल्याउनुपर्ने हुन सक्ने खरेलले बताए ।