२ छोरा र श्रीमतीसहित बिनय त्रिशुलीमा हाम्फाले ! श्रीमतीको मृत्यु, छोराहरू बेपत्ता

Post Thumbnail

माघ ३, धादिङ । पृथ्वी राजमार्गदेखी गोर्खाको सिउरेनीटार जोड्ने बेनीघाट-रोराङ गाउँपालिकास्थित बाँदरे पुलबाट आत्मा हत्याको प्रयास गर्दै त्रिशुली नदीमा हामफालेका थानकोट नीवासी विनय लामीछानेको जिवितै उद्दार गरेको छ , भने निजकी श्रमती मृतक अवस्थामा भेटिएको छ । सोही घटनामा दुई बालक बेपत्ता भएका छन् ।

थानकोट निवासी लामीछानेले करिव सात वजेतिर सो झोलुङ्गे पुलबाट परिवार सहित त्रिशुली नदीमा हामफलेको खवर आएपछी स्थानीयहरुको प्रयासमा निजलाई जिवितै यद्धार गरिएको प्रहरीले जनाईएको छ । लामीछानेको श्रीमती जमुना रेग्मीको सव फेला परीसकेको छ भने अन्य दुई छोराहरुको खोजी कार्य भई रहेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाईएको छ ।

लामीछाने काठमाण्डौको चन्द्रागिरी नगरपालीका ४ थानकोट निवासी रहेको खुलेको छ । निजलाई थप उपचारका लागी काठमाण्डौ ल्याउने तयारी गरिरहेको प्रहरीले जनाईएको छ । सामुहीक आत्माहत्याको प्रयास बारे केही खुल्न सकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस