स्ववियू चुनावी चर्चा : नेता जन्माउने आरआर,पिएन,र कोटेश्वर क्याम्पसमा अबको सभापति को ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ ३, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ३,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्ववियू निर्वाचनको मिती तोकेको छ । स्ववियू निर्वाचनलाई लिएर यतिबेला विद्यार्थी नेताहरु चुनावी तयारीमा छन । खासगरी भविष्यमा नेता जन्माउने क्याम्पसहरुमा आगामी स्ववियू सभापति को ? भन्ने जिज्ञासा सबैतिर छ । बिद्यार्थीका हक अधिकार र शैक्षिक आन्दोलनलाई सकारात्मक दिशा दिन सक्ने नेतृत्व अवको स्ववियू निर्वाचनले जन्माउन सक्छ की सक्दैन भन्ने प्रश्न पनि एकातिर उब्जिएको छ । खासगरी अबको स्ववियु निर्वाचन अलि रोचक पनि बन्नेछ । दुई ठुला कम्युनिष्ट घटक तत्कालिन माओवादी केन्द्र र एमाले एक ठाँउमा उभिएपछि यी दुई पार्टीको बिद्यार्थी संगठन एक भईसकेका छन । यसकारण पनि आगामी निर्वाचनको दृष्य फरक देखिन्छ ।
मुलुकमा प्रभावशाली नेतृत्व जन्माउने रत्नराज्य क्याम्पस , पृथ्वीनारायण क्याम्पस ,कोटेश्वर क्याम्पस, ल क्याम्पस, र पशुपति क्याम्पसमा आगामी सभापति को भन्ने चर्चा सुरु भएको छ । अझ त्यसमा पनि नेकपा निकट उम्मेद्धार को आउछ भन्ने प्रश्न सवैतिर छ । किनकी दुईपार्टी एक भएपछि नेकपा निकट विद्यार्थी संगठनले नै अवको धेरै क्याम्पसमा नेतृत्व कब्जा गर्छ भन्ने सबैको आँकलन रहेको छ ।

यद्यपी मातृपार्टीमा नै भागबण्डमा चलेको नेकपामा कुन क्याम्पसमा कसले नेतृत्व गर्ने भन्ने विषय पनि भागबण्डा मै टुङग्याईने निश्चित रहेको स्रोत बताउछ । यसो हुँदा पुर्व एमालेनिकट अनेरास्ववियु र पुर्व माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीले प्रतिशतको  आधारमा सभापतिको उम्मेद्धार तयार गर्ने बुझिएको छ ।

देवकोटा रत्नराज्य क्याम्पसमा सबैको नजरमा

लामो समयदेखी आरआर क्याम्पसमा विद्यार्थी राजनितीमा सक्रिय र अध्ययनरत हुन पुर्वएमाले निकट अखिलका सचिव हुन संगम देवकोटा । उमेरले २६ टेकेका देवकोटा रत्नराज्य क्याम्पसमा सबैको नजरमा पर्छन । विद्यार्थीको समस्यालाई आफ्नो समस्या ठानेर काम गर्ने स्वभाव भएका उनमा आगामी सभापति हुने क्षमता रहेको छ । अनलाईनकेन्द्रसंग कुरा गर्दै देवकोटाले आफु रत्नराज्य क्याम्पसको सभापति हुन सबै किसिमले योग्य रहेको बताए । उनले भने– म उमेरले २६ बर्ष भएँ, अझै यही पढिरहेको नियमित बिद्यार्थी पनि हुँ ।

यस क्याम्पसमा आएदेखी नै विद्यार्थीको हकहितको लागी काम गरिरहेको छु । त्यही कारण मैले स्ववियुको काषाध्यक्ष भएर काम गर्ने अवसर पनि पाँए । उनि एमाले निकट अनेरास्ववियुको निर्वतमान सचिव समेत हुन । उनले दुई विषयमा स्नात्तकोतर समेत गरिसकेका छन । देवकोटा अहिले पनि अध्ययनरत छन । अबको निर्वाचनमा सभापतिको उम्मेद्धार बन्ने कसरतमा देवकोटा लागेका छन । पुर्वएमालेबाट टिकट पाउदा देवकोटा सबैभन्दा बलियो उम्मेद्धार हुन । यता दुई पार्टी एक भएपछि पुर्वमाओवादी केन्द्र निकट नेता देवेन्द्र शर्मा आगामी सभापतिको उम्मेद्धार बन्ने सम्भावना पनि रहेको छ । पुर्वमाओवादीको भागमा रत्नराज्य क्याम्पस परेको खण्डमा शर्माले टिकट पाउने स्रोत बताउछ ।

 पृथ्वीनारायण क्याम्पसका न्यौपाने भन्छन–संगठनमा सक्षम र युवा नेतृत्व आउनुपर्छ

उपत्यकाबाहिर सबैभन्दा धेरै नेता जन्माउने क्याम्पसको रुपमा पृथ्वीनारायण क्याम्पसलाई लिईन्छ । पृथ्वीनारायण क्याम्पसमा पनि आगामी सभापतिको बलियो दावेदार स्नात्तकोतर अध्ययनरत सन्तोष न्यौपाने हुन् । उमेरले उनि पनि २५ बर्षका भए । पृथ्वीनारायण क्याम्पसमा उनि पनि अनेरास्ववियुका निर्वतमान सचिव हुन ।

न्यौपाने भन्छन–संगठनले मलाई विश्वास गर्छ भन्ने मलाई लाग्छ, अहिलेको उमेरहदले पनि मलाई साथ दिन्छ । भन्छन–’संगठनमा सक्षम र युवा नेतृत्व आउनुपर्छ , क्याम्पसमा टुरिष्ट उम्मेद्धार खडा पक्कैपनि संगठनले गदैन् ।’ पृथ्वीनारायण क्याम्पसमा पुर्वमाओवादी केन्द्रबाट सभापति उम्मेद्धार भएको खण्डमा बसन्त भट्टचन पनि अर्का दावेदार हुन । उनि अखिल क्रान्तिकारीका निर्वतमान संयोजक पनि हुन ।

न्यौपाने क्याम्पसको शैक्षिक गुणस्तर विकास गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्छन । पिएन क्याम्पसको शैक्षिक आन्दोलन र बिद्यार्थी आन्दोलनमा उनको विगतदेखी नै सक्रिय भुमिका रहेको छ ।

कोटेश्वर क्याम्पसमा  स्ववियु सभापतिको बलियो दावेदार हुन विक्रम पोखरेल

कोटेश्वर क्याम्पस पनि विद्यार्थी राजनितिको उर्वर शैक्षिक संस्था हो । आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनको चहलपहल यहाँ पनि सुरु भएको छ । खासगरी सुरुदेखी नै यस क्याम्पसमा अनेरास्ववियु र नेपाल बिद्यार्थी संगठनको कडा प्रतिस्पर्धा हुने गर्छ । कोटेश्वरमा यसपाली नेकपा निकट विद्यार्थी संगठन अखिलबाट स्ववियु सभापतिको बलियो दावेदार हुन विक्रम पोखरेल । उनि पनि उमेरले २६ टेके । क्याम्पसमा उनि नै अहिले सबैभन्दा चहलपहल गर्ने बिद्यार्थी नेताको रुपमा रहेका छन ।

विद्यार्थीको समस्याका बारेमा उनि अवगत छन । नियमित क्याम्पस आउने उनि हाल क्याम्पसमा स्नातक दोस्रो बर्षमा अध्ययनरत छन । पुर्वएमाले निकट अनेरास्ववियुमा उनि क्याम्पस सचिव थिए । पोखरेल स्ववियुका समेत सचिव हुन । अबको नेतृत्वमा पुग्ने बलियो दावेदारको रुपमा क्याम्पसका बिद्यार्थीहरु पनि पोखरेलको नाम लिन्छन । उनकै नेतृत्वमा क्याम्पसमा पठनपाठनको प्रशासनिक सुधार, ई–लाईब्रेरी,आईडीकार्ड गुणस्तर सुधार, अतिरिक्त क्रियाकलापमा बिद्यार्थीलाई सक्रिय बनाउने अभियानमा उनले नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए । अखिल क्रान्तीकारीबाट अहिलेसम्म त्यस्तो बलियो दावेदार नभएकोले पनि उनलाई कोटेश्वरमा सभापतिको बलियो दावेदारको रुपमा हेरिन्छ ।

ल क्याम्पसमा विशेष शर्मा सुवेदी

ल क्याम्पस पनि राजधानीको चर्को राजनिति हुने क्याम्पस हो । खासगरी  अखिलको क्याम्पस कमिटी सचिव भईसकेका सुवेदी यसभन्दा अगाडी त्रिवीले स्ववियु निर्वाचनको मिती तोकेपछि सभापतिको उम्मेद्धार बन्ने पक्का भईसकेको थियो ।

तर अन्तिममा निर्वाचन नै स्थगित भयो । उनि पनि २५ बर्षका भए । अनेरास्ववियुको राम्रो पकड रहेको यस क्याम्पसमा यसपाली पार्टी एकता पछि बनेको नेकपा निकट विद्यार्थी संगठन अखिल र अखिल क्रान्तिकारी एक भएर चुनावी मोर्चामा होमिदैछन ।

पशुपति बहुमुखि क्याम्पसमा राई सभापतिको दौडमा

पशुपति बहुमुखि क्याम्पसमा एल.के. राई सभापतिको दौडमा छन् । उनी अनेरास्ववियूको क्याम्पस कमिटी सचिव पनि हुन् । व्यवस्थापन संकायमा स्नातकोत्तर उतिर्ण गरेका छन् । उनी २५ वर्षका मात्रै भए ।

उनको स्थायी ठेगाना खोटाङ हो । उनी विद्यार्थी बिच लोकप्रिय नेता मानिन्छन् । पुर्वमाओवादी निकट तत्कालिन अखिल क्रान्तिकारीमा पनि सभापतिको विषयमा कसरी जाने भन्ने विषयमा छलफल भईरहेको स्रोतले बताएको छ । राईले व्यवस्थापन संकायमा एमबीएसमा उतिर्ण गरेका छन् भने राजनीति शास्त्रमा स्नातकोत्तर दोश्रो वर्ष अध्ययन गरिरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस