माघ ४, काठमाण्डौ ।
जो कोहीले चिन्ने नाम हो नाति काजी। माथीको दुई पंती गीतका संगीतकार पनि नाती काजी हुन्। उनले थुप्रै कालझै गीतमा संगीत भरिसकेका छन् ।
नेपाली हामी रहौंला कहाँ नेपालै नरहे,
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे…
जो कोहीले चिन्ने नाम हो नाति काजी, माथीको दुई पंती गीतका संगीतकार पनि नाती काजी हुन् । उनले थुप्रै कालझै गीतमा संगीत भरिसकेका छन् । आफ्नो सिंगो जीवन नेपाली संगीतको आराधनामा समर्पित गरेका नातिकाजीको जन्म वि.सं. १९८२ पौष ३ गते ललितपुरमा भएको थियो । उनी सानैदेखि संगीतप्रति आकर्षित थिए । उनले सात वर्षकै उमेरमा हार्मो्नियम बजाएर गीत गाएका थिए । यसले प्रस्ट हुन्छ की नातिकाजी संगीतकै लागि जन्मेका हुन ्। नातिकाजी दुःखात्मक, सुखात्मक र राष्ट्रिय भावका गीतमा जीवनन्त संगीत भर्न सक्थे । जसले गर्दा उनी नेपाली सांगीतिक वागमयमा अमर बन्न सफल भए । नातिकाजीले २००८ सालदेखि २०३४ सालसम्म रेडियो नेपालमा नायव सुब्बास्तरको संगीतकारको रुपमा रहेर नेपाली सांगितिक क्षेत्रमा योगदान पुर््याए । पछि उनी रेडियो नेपालमा शाखा अधिकृतमा बढुवा भए र त्यसको केही समय पछि उपसचिव स्तरिय संगीतकारमा नियुक्त भए । नातिकाजीको नेपाली आधुनिक संगीतलाई एउटा उचाइमा र्पुयाउन ठुलो योगदान छ ।
उनको अविरल योगदानले उनी नेपाली संगीतका एउटा चिरस्मरणीय विम्ब, साधक र साधन भए। त्यसैले उनलाई नेपाली सांगीतिक क्षेत्रका संगीतशिरोभूषण पनि भनियो । नातिकाजीका सम्पूर्ण संग्रह हेर्नेहो भने दुई हजारभन्दा बढी सांगीतिक धूनहरु रेडियो नेपालमा सुरक्षित छन्। नातिकाजी संगीतकार मात्र होइनन् उनले युवा अवस्थामा गीत पनि गायका थिए । उनले त्यसबेला गायका दुई सय गीतहरु पनि रेडियो नेपालमा सुरक्षीत छन् । उनका बाइसवटा अपेराहरु पनि रेडियो नेपालमा सुरक्षिछ छन ्। नातिकाजीले आफ्नो जीवनमा सात वटा गीत लेखेका थिए । उनको अविरल योगदानले उनी नेपाली संगीतका एउटा चिरस्मरणीय विम्ब, साधक र साधन भए। त्यसैले उनलाई नेपाली सांगीतिक क्षेत्रका संगीतशिरोभूषण पनि भनियो । नातिकाजीले प्रवेशिका परीक्षामात्र उतिर्ण गरे। तर, संगीतमा उनी स्नातक भए। उनी संगीतका सिंगो महाविद्यालय नै बन्न सफल भए। उनको योगदानले नेपाली गीत आकासमा नअस्ताउने तारा बन्न सफल भएका छन् नातिकाजी ।
सरल स्वभावका नातिकाजीलाई सबैले मन पराउथे । उनको व्यवहारको अझै पनि नेपाली सांगीतिक जगतमा चर्चा हुने गर्छ । ‘नेपाली आधुनिक सांगीतिक बगैचामा नातिकाजीले नै सुगन्धित फूल फुलाए’, नातिकाजी स्मृति समाजका अध्यक्ष तथा बरिष्ठ संगीतकार सम्भोजित बास्कोटाले नातिकाजीको योगदानको स्मरण गर्दै भने, ‘उहाँ त्यस्तो कहिले न ओइलाउने फूल हो । जुन नेपाली सांगितिक वागमयमा सधै मगमगाइरहने छ ।’ उनले नातिकाजी नेपाली संगीतको स्थापित नाम भएको बताउँदै हर दिन हर समय नेपाली सांगीतक आकासमा उनको नाम गुन्जी रहने बताए । बास्कोटाले नातिकाजी नेपाली संगीतको धरोहर र संरक्षक भएको भन्दै स्मरण गरे ।
यस्तै रेडियो नेपालका कार्यक्रम महाशाखाका प्रमुख डा. नवराज लम्साल नातिकाजीलाई तीन किसिमले स्मरण गर्छन् । ‘पूर्व कर्मचारी, संगीतकार र व्यक्तिगत रुपमा गरि म तीन रुपमा सम्झिन्छु’, लम्साल भन्छन्, ‘सांगीत रुपमा सम्झिनु पर्दा उनी नेपाली संगीतलाई आधुनिकरण गरेर नेपाली पन दिएको संगीतकार हुन्, अग्रज कर्मचारीको रुपमा सम्झिदा कुसल व्यवस्थापक हुन र व्यक्तिगत रुपमा सम्झिनु पर्दा सिधा, सादा र सरल व्यक्ति हुन् । नातिकाजीले म तिम्रो गीत राम्रो मान्छु भन्दै डा. लम्साललाई तिम्रो गीतमा संगीत भर्छु भन्ने गरेको स्मरण अहिले पनि उनको मनसपटलमा घुमिरहन्छ । पछि एम बरालको स्वरमा रहेको डा. लमसालले लेखेको मेरो कोही होइन भन्नै मिल्ने साइनो छैन । तर खुशी दिने मन छ आँशु पुछि दिने । बोलको गीतमा नातिकाजीले संगीत पनि भरे । जीवनको उत्तरार्धमा नातिकाजी नसा र मुटुको रोगबाट थला परे । उनले रोगले थला परेको समयमा पनि थुप्रै नेपाली गीतमा संगीत भरेका छन । यसले प्रस्ट हुन्छ की उनी आफू भन्दा बढी नेपाली संगीतलाई माया गर्थे । जीवन र रोगसंग संघर्ष गरिरहेका नातिकाजी नेपाली सांगीतिक क्षितिजबाट वि.सं. २०६० साल कार्तिक १६ गते सदासदाका लागि अस्ताए ।