(अपडेट) त्रिशुलीमा हाम्फालेका परिवारमा श्रीमतीको शव भेटियो, दुई नाबालक अझै भेटिएनन् !

Post Thumbnail

माघ ३, धादिङ । हिजो साँझ धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ स्थित बेनिघाटको झोलुङ्गे पुलबाट एक दम्पती र २ नाबालक छोरासहित त्रिशुली नदीमा हाम्फालकोमा पुरुषको जिवितै उद्धार गरिएको थियो भने महिलाको शव भेटिएको थियो । दुई नावालक भने अझै नभेटिएको ईलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । काठमाडौँ चन्द्रागिरी घर भएका विनय लामिछाने र जमुना रेग्मी लामिछाने छ महिना र २ वर्षका छोराहरु साथैमा लिएर त्रिशुली नदिमा हामफालेका थिए । उनीहरुमध्ये विनय लामिछानेलाई सकुशल उद्धार गरिएको हो भने अन्यको सम्भव भएन ।

दुई नाबालक छोराहरु अझै पनि वेपत्ता छन् । बेपत्ता बालकको शुक्रबार बिहानैबाट खोजी भइरहेको थियो । त्रिशुली नदी धमिलो भएकाले र पानी परिरहेकाले खोजी कार्यमा कठिनाइ भएको र आज भेटिने क्रम न्युन रहेको जिल्ला प्रहरी कार्यालय, धादिङका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । जीवितै उद्दार गरिएका विनय इलाका प्रहरी कार्यलय गजुरीको नियन्त्रणमा छन् भने घटनाको अनुसन्धान भइरहेको एसपी रेग्मीले बताएका छन् । लामिछानेले अनलाइन बिजिनेसमा घाटा भएपछि परिवारै मर्ने निर्णय गरेर त्रिशूली नदीमा हामफालेको धादिङ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

यो पनि हेर्नुहोस् :

२ छोरा र श्रीमतीसहित बिनय त्रिशुलीमा हाम्फाले ! श्रीमतीको मृत्यु, छोराहरू बेपत्ता

(अपडेट) विनय किन परिवारसहित त्रिशुलीमा हाम्फाले ? कारणसहित हेर्नुहोस्

 

बिनयको कोठामा भेटिएको सुसाईट नोटमा के थियो ?

ताजा अपडेट

खोजी गर्नुहोस