विश्वकै होचा नेपाली नागरिक खगेन्द्रको मृत्यु

माघ ४, काठमाण्डौ । विश्वमै होचो व्यक्तिको विश्व कीर्तिमानी कायम गरेका बागलुङका खगेन्द्र थापामगरको २७ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि उनलाई बिहीबार मणिपाल शिक्षण अस्पताल पोखरामा भर्ना गरिएकोमा उपचारक्रममा उनको शुक्रबार दिउँसो ३ बजे मृत्यु भएको खगेन्द्र थापामगर प्रतिष्ठान अध्यक्ष मीनबहादुर रानाले बताए । खगेन्द्रमा यसअघि स्वासप्रश्वास, हेमोग्लोविनको कमी, ह्वाइट ब्लड सेल बढी हुने लगायत समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

बागलुङ धुल्लुबासकोट–६ उर्लेनीमा बाबु रुपबहादुर थापामगर र आमा धनमाया थापामगरको जेठो सन्तानको रुपमा २०४९ सालमा जन्मिएका खगेन्द्रले २०६७ सालमा विश्वकै होचो व्यक्तिको रुपमा गिनिज बुक अफ दी वल्र्ड रेकर्डस्मा नाम लेखाउन सफल भएका थिए ।

संम्बन्धित समचार

Leave a Reply