मौसम पूर्वानुमान : देशभरीकै मौसम बिस्तारै खुल्दै जाने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ ४, शनिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ४, काठमाण्डौ । मौसम बिस्तारै खुल्दै जाने मौसमविद्ले बताएका छन् । शुक्रबार र बिहीबार देशभरी कै मौसम बदलीसँगै वर्षा र हिमपात गराएको प्रणाली कमजोर बन्दै गएकाले शनिबारदेखि मौसम खुल्दै जाने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइृन् ।

तर शनिबार पनि देशका थोरै ठाउँमा हल्का पानी र हिमपातको संभावना भने रहेको उलले बताईन् । उनका अनुसार शनिबार पानी परे पनि एकैछिन परेर रोकिनेछ । अहिले देशभरी कै मौसम आशिंकदेखि सामान्य बदली भई धेरै ठाउँमा बाक्लो हुस्सु लागेको महाशाखाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस