माघ ४, काठमाण्डौ ।
राष्ट्र कवि माधव प्रसाद घिमिरेको जीवनको आरोह अवरोह सुन्दा यस्तो लाग्छ, राष्ट्रकवि माधव घिमिरेको जीवन विछोड र चोटले, खारिएको एउटा यस्तो स्फष्टिक हो । जसले सहन बाँकी कुनै चोट छैन । तै पनि समयले दिएका तिनै चोटहरुलाई उनले जीवनका रंग सम्झेर आफ्ना सिर्जनाभरि संगालेका छन् छ र तिनै सिर्जनाले दिएको गर्वीलो इतिहास बाँचेका छन् । उनीसँग कर्मले सिंगारेका जीवनका धेरै रमाइला क्षणहरु छन् जसले संधै जीवन जीउन प्रेरणा थपिरहन्छन् । चोटहरु हुन् चाहे रमाइला क्षण यीनीहरु त जीवन रहुन्जेल सम्म बाच्लान आफैसंग । तर सिर्जनाद्धारा सिर्जित यो कवित्व जुनिजुनी बाँच्नेछ । अजम्बरी बनेर । गौरी खण्डकाब्यबारे कुरा उठ्ना साथ उनले भने तपाईले पढ्नु भाको छ ? ल तपाई भन्नुस त तपाईलाई मन पर्ने पंक्ति कुन हो ? मैले जानीनजानी लय हालेरै सुनाई दिए ।
यी रोए पनि दुख लाग्छ यीनले सम्झे कि आमा भनी
यी हाँसे पनि दुख लाग्छ यीनले बिर्से कि आमा भनी
राष्ट्रकविको गह भरि आँशु भए । ओहो ! तपाईले पनि यही छान्नु भो । लु उत्तम, मलाई धेरैले यो पंत्ति सुनाउनु हुन्छ । शान्ता र कान्तालाई सम्झेर लेखेका यी पङ्क्ति सम्झिदाँ आज पनि मलाई ति दिन याद आउँछ । आफ्ना छोरीहरुलाई सम्झिँदै उनले भने । गौरी, मैले मसीले होइन् आँसुले लेखेको कृति हो । यी महाकाली (पत्नी) यहाँ छिन् तर गौरी पनि मेरो खण्डकाव्यमा जीवीत छिन् । मैले उनीसँग कुरा गर्नुको कारण प्रस्ट्याँए, मैले तपाईको यो प्रयास सफल बनाउने गरि सहयोग गर्न सकौँला र ? अब असोज ७ गतेबाट म ९७ बर्षको पुग्छु, सबै कुरा कसरी सम्झौँला र धेरै बोल्न सक्छु होला यो उमेरमा ? झण्डै ३ घण्टा लामो कुराकानीका क्रममा उनले सुनाएका जीवनका उकाली ओरालीले धेरै नेपालीको कथाब्यथा समेटेको छ । त्यो भन्दापनि, हरेक कर्मठ युवा सन्ततिका लागि हिमाल बन्न हिँउ खप्नु पर्छ, धेरै ठक्कर खाएर मात्रै ढुङ्गा शालिग्राम बन्छ भन्ने कुरा सिकाएको छ । जीवन सुन्दर तत्व हो चोट र हाँसो त यसलाई रंगिन बनाउँने यौगिक हुन् भन्ने बुझ्न सहज बनाएको छ ।
राष्ट्रकविको बाल्यकाल
सबैलाई प्यारो बाल्यकालमा के हुन्छ ? आमाको काख । तर सबैलाई त्यो न्यानो आमाको काखमा खेल्ने सौभाग्य कहाँ मिल्छ र ? भाग्य वा कर्म के हो मान्छेलाई महान बनाउने त्यो पनि ब्यक्तिको भोगाई अनुसार फरक परिभाषा हुन सक्ला तर राष्ट्रकवि माधव घिमिरेले आफ्नो आमाको काखको न्यानो त पाएनन् तर उनको सम्झना भने अझै झझल्को बनेर आउँदो रहेछ । बाल्यकालको कुरा उठ्नेबितित्कै उनले, आफु दुइबर्षको छँदै आमा बितेको कुरा सुनाए । अरुले मेरो बारेमा टुहुरो भनेर टिठ लाग्दो किसिमले कुरा गर्थे तर मलाई टुहुरो भनेको के हो त्यतिबेला थाहै थिएन। पछि सम्म गलामा माला लगाएको एउटा आकृति आँखाभरि आइरहन्थो । त्यो अरुको देखेर झल्को आएको हो वा उनकै सम्झना भएर आएको हो मलाई थाहै थिएन् । बुबा र काकाहरुले हजुरआमालाई आमै भनेर बोलाउँथे । त्यो बेला मैले नि सम्झेको थिए मेरो पनि आमा उनै होलीन् तर पछि पछि थाहा भो मेरी आमा थिइन् तर उनी स्वर्गेवास भइन् । यो कुरा बुझने उमेर भएपछि भने, ब्यवहारमै आमा हुनु र नहुनुको फरक महसुस हुन थाल्यो । उनले यतिभन्दै गर्दा लाग्थ्यो उनी ६ — ७ बर्षकै उमेरको बालकझै कुरा गरिरहेका छन् ।
राष्ट्रकविको मनका कुरा : गोठालोदेखि ससुरालसम्म
जसको कोही हँुदैन उसको भगवान हुन्छ, राष्ट्रकविका लागि पनि हरेक ठाउँमा साथ र माया दिनेहरुको कमि थिएन् । आमाले सानैमा छोडेर गएपनि, उहाँको ठाउँमा आमाको जस्तै माया दिने हजुरआमा थिए । उनले एक दिनको घटना सुनाए,‘बाबु एता आइज भनेर मलाइ घरको माथिल्लो तलामा लगिन्, खरको छानाभित्र हात हालेर केही चिज देखाइन्, यसो हेर्दा त हातभरि सेता चाँदिका सिक्काहरु थिए । मैले यो तेरा लागि राखिदिएको हो, आखा भरि आँसु पारेर उनले भनिन ्। तर मैले कुरा बुझिन किन रोएर तेरोे निम्ति भन्या भन्ने लाग्यो ।’ घर, गोठ र मेलापात अधिकासं नेपालीहरुको जीवनशैली हो । ठुलो बुबाले घरको जिम्मेवारी पाएका थिए । बाबुको पिठमा चढेर, त्यो बेलाका फुच्चे माधव घिमिरे, एउटा अजंगको पहाड नाघेर गोठालो जान्थे । बुबालाई त आफ्नो एउटा छोरा अपार माया थियो नै, आफ्नो मुटुको टुक्रा पनि साथमै लान पाएकोमा उनी खुसी थिए सायद ।
तर घिमिरेको मनमा भने अशान्तिको बादल मडारिईर¥यो । उनले भने, ‘बुबाको माया त मैले पाएँ, तर त्यो बालखकालमा मलाई त्यो भन्दा गाउँका केटा केटीसंग खेल्ने लुकामारी गर्ने कुरा पो ठुलो थियो मेरो निम्ती, त्यसैले बाबाले जतिमाया गरेपनि गोठमा मलाई एक्लो छु भन्ने अनुभूति भइरहन्थ्यो । गोठालाहरु गाईबस्तुको साथमा जान्थे त्यो सानो बालक जंगल जाने कुरै भएन् । अनकन्टार जंगल, र जंगलबीचमा बनाइएको गोठ त्यही गोठमा एक्लै दिन बिताउनु पर्दा कस्तो सकस हुन्थ्यो होला ? अहिले सम्झिदाँ पनि आङै सिरिङ्ग हुन्छ। तर मानिस प्रकृतिको सुन्दर रचना हो र प्रकृति मानिसको साथि पनि हो भन्ने उदाहरण उहाँले त्यहिबेला देखि नै महसुस गरे । अनि शुरु भयो उहाँको प्रकृति र जिवजन्तुसंगको मितेरी । ‘गोठको छेवैको एउटा रुखमा लोखर्के थियो, सानो बालक देखेर होला, कैले खुर्र माथि जान्थ्यो कहिले तल आउथ्यो मैले पनि ए लोखर्के ! ए लोखर्के !! भनेर जिस्क्याउँथे त्यसले बुझेको हो कि के हो मलाई थाहा छैन् । तर मान्छेहरुसंग पनि पशुहरुको एउटा अनौठो सम्बन्ध हुदोँ रहेछ भन्ने मलाई लाग्थ्यो’ उनले सुनाए ।
काठमाडौंको त्यो बयान …
त्यतिखेर, गाउँमा घिमिरेले पढ्यो भने फाप्दैन भन्थे, परिवारका सदस्यले काठमाडौं पढ्न पठाउने कुरा त कल्पनासम्म पनि गर्न सकिदैनथ्यो । तर खुदीबेसीमा बस्दा आफुले पढेको पाठशालाका गुरुले आफ्ना भाइ काठमाडौं पढेर फर्किएका भनेर भाइको बयान गरे त्यो सुनेर आफ्ना गुरु भन्दा जान्नेको होला भन्ने भ्रम तोडियो । मनमा काठमाडौं आएर पढ्ने हुट हुटी जन्मियो राष्ट्रकवी माधब प्रसाद घिमिरेले काठमाडौं प्रवेश गर्दाको दिनहरु सम्झिनु भयो । उनले भने हाम्रो गुरु भन्दा पनि जान्ने को होला ? भन्ने थियो । काठमाडौंमा त गुरुको पनि गुरु छन् भनेपछि बढो अचम्म ! अनि साना र फुच्चा घर त्यो पनि पातला तर काठमाडौंमा त बाक्ला र ठुला घर भनेपछि, पत्याउनै गाह्रो ! मन्दीरहरु त सुनै सुनका हुन्छन् भन्ने सुनेपछि झनै अहिल्यै जाउँजस्तो लाग्थ्यो ।’ खुदिबेसीमा पढ्ने जति प्रथमा तहको पढाइ पनि सकिएको थियो । पढाइ राम्रै थियो । झन् ती सरका भाइले काठमाडौको बयान गरेपछि मन थाम्न नसकेका घिमिरे भागेरै काठमाडौं हानिए छन् । तर गाउँको याद यति आउँथ्यो कि, उनले भने ‘ पुरै गाँउ नै घर जस्तो लाग्थ्यो अनि, देख्दा र भेट्दा नबोल्ने न नबोलाउने कोही हुन्नथ्यो । तर सहरमा त भिडबीच पनि एक्लो बनिदो रहेछ । गाउँको जस्तो माया र सद्भाव स्वर्गमा गएर पनि पाइदैन होला ।’ घिमिरेले थपे गाउँमा त कहिल्यै नदेखेको मान्छेले पनि बोलाएर कुरा गर्दा नजिकको साइनो निस्कन्थो तिमी त मेरो साइला भाइको मितको छोरा, लु छोरा परेछौ । आफुले पनि ढोगिदियो, उसले पनि आर्शिवाद दिन्छ । तर शहरमा कहाँ पाउनु यस्तो साइनो ? उनले हास्दै सुनाए ।
गौरी वियोगका त्यी दिन
काठमाण्डौ छिरेको केही समयपछि, काठमाण्डौमा भाषा अनुवाद परिषद्मा लेखकको रुपमा जागिरे भएपछि भने जहान पनि पाल्न सकिन्छ भन्ने लाग्यो । बुबाले गाउँमै बसेकी जहान गौरीलाई काठमाण्डौं ल्याइदिनु भयो अनि चै पक्का पक्की ब्यवहारिक जीवन शुरु भएको उनको भनाई छ । विरानो ठाउँ कोठाको बसाई, कष्टकर त थियो नै तर भर्खरै संगै बस्न आएकी श्रीमतीको साथले गाउँको याद र मायालाई जिवन्तता दिन्थ्यो । अनि शान्ता र कान्ता पनि जन्मिएपछि भने बारम्बार आउने गाउँको याद, आफन्त र परिवारको मायामा हुने छटपटि विस्तारै पचाउने बानी पर्दै थियो । एउटा नयाँ खुसीको संसार विस्तारै फैलिदै थियो मनभरी । तर त्यो खुसी लामो समय टिकेन् । काठमाडौंले, उनीमाथि पिडा र विछोडको कथा लेख्न थाल्यो । कलकलाउँदो जवानी भखरै चढ्दै थियो । गौरी उनी भन्दा ६ बर्ष कान्छी थिइन् । उनको पनि जवानी सकिएको थिएन् । अब मिलेर केही गर्न सकिन्छ भन्ने आशाका साथ भविष्यका रेखाहरु कोर्न थालेकै बेला, नसोचेको बर्जपात आइप¥यो । आफुले एउटा योजना बनायो तर दैवको योजना कसलाई के थाहाँ ? जिन्दगीभर साथ नछोड्ने भन्दै अग्नीलाई साक्षी राखेर खाएको कसम दैवले तोडिदियो । उनी माथि आकाश खस्यो । कहिल्यै कल्पना नगरेको बर्जपात आइप¥र्यो । विरानो ठाउँमा मध्य रातमा आफ्नै काखमा, आफ्नै जीवनसाथीको मृत्युको शोक भोग्नु प¥यो । ‘साथमा ५—६ बर्षका साना नानीहरु छन् कोठाको बसाई, नजिकै चिनेजानेका, आफन्त कोही थिएन्, मध्ये रातमा गौरीको निधन भयो । त्यो दिन सम्झिदा पनि कहाली लाग्छ अहिले पनि कालो आकाशले थिचे जस्तै ऐठन हुन्छ मनमा,’ उनी मनको कुरा खोल्छन् । उनले आँखाभरि आसु पार्दै, उनै गौरीको सम्झनामा लेखिएको गौरी खण्डकाब्यको प्रसंग उठाए । लेखौ भनेर लेखिएको हैन्, मसीले लेखिएको पनि हैन्, गौरी खण्डकाब्य आँसुले लेखिएको हो, शब्दले खेलिएको त हैन भावनाले लेखिएको हो । यसो भनिरहदाँ राष्ट्रकविको आँखामा आँसुको आहाल बनेको थियो । उनले थपे भो पहाड भर्खर छोडेको, त्यो सुन्दर प्रकृती सधै माया गर्ने गाउँका मानीसहरु, यहाँ काठमाडौंमा डेरा लिएर बसेको आप्mनो भन्ने मान्छे कोही थिएन् । आधारातमा श्रीमतीको अवसान हुदाँ कुन थिति भयो होला ? उनको गला अवरुद्ध भयो । उनले भने भो यीनै विषयमा केन्द्रित छ मेरो गौरी खण्डकाब्य । तर त्यो भन्दा पनि ठुलो अर्को पाटो छ, गौरी गइसकेपछि चित्त बुझाउने बाटो के त ? उनको मन तिनै नानीहरुमा गयो । गौरीले छोडेर गएका नासो नै जीवन जिउने आधार हुन पुगे ।
उनीहरुप्रतिको जिम्वेवारी बोधले उनलाई बलियो बनायो । त्यो शोकको उच्चतम विन्दु ती दुइछोरीहरु हुन्, ती छोरी प्रतिको जिम्मेवारी बोध र मायाले यति झस्काउथ्यो कि, उनँले भने मैले काब्यको पुछारमा आफुमा कुनै परिर्वतन आए अथवा केही भएपनि मेरा छोरीहरुको हेरचाहा गरिदिनको लागि अनुरोध गरेको छु ।
जीन्दगीमा आउने उत्तार चढाव, आरोह अवरोहमा कोही न कोही नजिकै हुन्छ विशेष हुन्छ । परिवार समाज र सिंगो राष्ट्रलाई बाध्न माया नै सबैभन्दा ठुलो कसी हुन्छ होला । तर मानिसका लागि सबैभन्दा विशेष वियोगको बेला मन बुझाउने पात्र र बस्तु नै हुदो रहेछ भन्ने उनको भोगाईले सिकाएको छ । अरुलाई पनि त्यही कुराले छुदो रहेछ, तिनै सन्ततीको लागि आफुमा पलाएको भावले गौरीको निधनपछि पनि उनी माथिको प्रेम न्याय भयो होला भन्ने उनीलाई लागेको छ । उनँले तीनै छोरीहरु बारे लेखेका हरफहरुले गौरी खण्डकाब्यलाई थप उचाईमा पु¥याउनुले पनि यसको पुष्टि भएको उनले ठानेका छन् ।
-(यो कुराकानी हामीले मनका कुरा डटकममा रामनाथ घिमिरेले गरेको कुराकानीको आधारमा सम्पादन गरेर प्रस्तुत गरेका हौँ । )