धादिङ धुनिबेशिमा आधारभुत स्वास्थ्य केन्द्र उद्घाटन

Post Thumbnail

माघ ६, धादिङ । धादिङ धुनिबेशि नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले स्वास्थ्य क्षेत्रको बिकासमा नगरपालिका अब्बल बन्दै गएको बताएका छन् । नागरिकलाई आधारभुत स्वास्थ्य सेवा पुराउने उदेश्यले नगरपालिकाभित्र आधारभुत स्वास्थ्य केन्द्रको शिलान्यास गरिएको समेत प्रमुख आचार्यले बताए ।

धुनिबेशी नगरपालिका वडा नम्बर ९ जुगेडीमा आधारभुत स्वास्थ्य केन्द्रको शिलान्यास गर्दै आचार्यले उक्त कुरा बताएका हुन् । २८ लाख रुपैँया खर्चमा निर्माण हुन लागेको भवनको लागि युनाईटेड सिमेन्ट प्रालिले ९ आना जग्गा उपलब्ध गराएको वडा नम्बर ९ का वडा अध्यक्ष साईला राईले बताए । यस अघि पनि वडा नम्बर २ मा निर्माण हुन लागेको स्वास्थ्य केन्द्रको भवनको शिलान्यास भईसकेको छ । आज एक कार्यक्रमको आयोजना गरी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले स्वास्थ्य केन्द्रको भवन निर्माणको शिलान्यास गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस