महालक्ष्मी विकास बैंक र ई–सेवा फोन पे बीच समझदारी पत्रमा हस्ताक्षर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ ६, सोमबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

माघ ६, काठमाण्डौ । ग्राहकहरुलाई अझै सरल, सहज र गुण्स्तरीय सेवा प्रदान गर्नका लागि महालक्ष्मी विकास बैंक र ई–सेवा फोन पे प्रालि बीच आइतबार एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौतामा उल्लेख भए बमोजिम ग्राहकहरुले ई–सेवा फोनपेका एजेन्टहरु मार्फत सजिलै बैंकको खाता खोल्न सक्नेछन् । उक्त खातामा बैंकले ग्राहकलाई निःशुल्क रुपमा मोबाइल बैंकिङ सेवा, एटिएम सेवा र डलर कार्ड सेवा उपलब्घ गराउने छ ।

उक्त सम्झौता पत्रमा महालक्ष्मी विकास बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र ई–सेवा फोनपे प्रा। लि।को तर्फबाट प्रमुखकार्यकारी अधिकृत सुभास सापकोटाले हस्ताक्षर गर्नुृ भएको छ । बैंकले आगामी दिनमा ई–सेवाको अत्याधुनिक डिजिटल प्रविधिसँग सहकार्य गर्दै ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सदातत्पर रहने कुरा जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस