शोधनान्तर नाफा घट्न थाल्यो, एक महिनामा ४ अर्बले घट्यो नाफा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ ६, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ६, काठमाण्डौ । चालु आवको साउन, भदौ, असोज र कात्तिकमा बढ्दै गएको शोधनान्तर नाफा मंसिरमा भने घटेको छ । मंसिरमा शोधनान्तर नाफा झण्डै ४ अर्बले घटेको छ । गत बर्षभरनै घाटामा रहेको सोधनान्तर स्थित यो बर्ष नाफामा आएको छ । तर, त्यो नाफा अहिले घट्न थालेको छ ।

कात्तिकसम्म शोधनान्तर स्थिती रू। २७ अर्ब २९ करोडले नाफामा थियो । तर, मंसिरमा त्यो घटेर रू। २३ अर्ब ३० करोडमा सिमित भएको छ । गत आवमा मंसिरसम्ममा शोधनान्तर स्थिती रु। ८५ अर्ब ३२ करोडले घाटामा थियो । समीक्षा अवधिमा चालु खाता घाटा रु। ७० अर्ब ३२ करोड रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस