आन्तरिक राजश्व शुल्क घट्यो

माघ ६, काठमाण्डौ । आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको पहिलो छ महिनामा कूल रु तीन अर्ब ५१ करोड ५३ लाख नौ हजार राजश्व सङ्कलन गरेको छ ।

यो लक्ष्यको तुलनामा करिब २८ प्रतिशतले कमी हो । कार्यालयले सो अवधिमा रु चार अर्ब ४९ करोड ६३ लाख ५५ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । गत वर्ष सो अवधिमा कार्यालयले रु तीन अर्ब १८ करोड १३ लाख ३१ हजार राजश्व सङ्कलन गरेको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा सो अवधिमा रु दुई अर्ब ४६ करोड ५३ लाख ९० हजार राजश्व सङ्कलन गरेको थियो । चालू आर्थिक वर्षमा लक्ष्यभन्दा राजश्व कम उठे पनि गएको वर्षभन्दा रु ३३ करोड ३९ लाख ७८ हजार राजश्व बढी सङ्कलन भएको छ ।

संम्बन्धित समचार

Leave a Reply