ज्येष्ठ सदस्यले अध्यक्षता गर्ने गरि प्रतिनिधिसभाको बैठक ४ बजेसम्म स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ ६, सोमबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ ६, काठमाण्डौ । प्रतिनिधिसभाको बैठक अब दिउँसो ४ बजे बस्ने गरी स्थगित भएको छ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेको अध्यक्षतामा बसेको पहिलो बैठकले कार्यसूचीमा रहेका कार्यक्रम हटाएको थियो ।

लगत्तै उपसभामुख तुम्बाहाङ्फेले लामो समयदेखि सभामुख पद रिक्त रहेको जानकारी दिँदै दलहरुले सभामुखबारे महत्त्वपूर्ण निर्णय गरेपछि आफूले मार्गप्रशस्त गर्ने प्रतिबद्धता आफूले बारम्बार जनाउँदै आएको स्मरण गराइन् । अब ४ बजे बस्ने बैठकमा ज्येष्ठ सदस्यले अध्यक्षता गर्नेछन् । प्रतिनिधिसभामा जेठो सदस्यका रुपमा रहेका महन्थ ठाकुरले बैठकको अध्यक्षता गर्ने तयारी भइरहेको संसद सचिवालय स्रोतले जनाएको छ ।

उपसभामुख पदमा आफूले निर्वाह गरेको भूमिका, सभामुख चयनमा भएको विलम्ब लगायतमा विषयमा आफ्नो धारणा राख्दै उनले सभाबाट उपसभामुखका हैसियतबाट औपचारिक रुपमा बिदा लिँदै दिउँसो ४ बजे अर्को बैठक बस्ने गरी पहिलो बैठक अन्त्य गरेकी हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस