विकासप्रेमि नेता बन्दै महेश बस्नेत : १०० शैयाको सेवा प्रदान गर्ने भैरव अस्पतालको गरे शिलान्यास !

Post Thumbnail

माघ ६,काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतद्वारा भैरव अस्पतालको शिलान्यास गरेका छन ।

आज एक कार्यक्रमका बिच सांसद बस्नेतद्वारा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं। – ६ दूध मिल काभ्रेमा भैरव अस्पताल प्रा।ली।द्वारा ४० करोडको लागतमा १०० शैया सहितको सेवा प्रदान गर्ने लक्ष्यका साथ भवन निर्माणको शिलान्यास गरिएको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका कुराहरुमा मानिसको मौलिक अधिकार भएको उल्लेख गर्दै उपचार नपाएर मानिसको अकालमा ज्यान जाने अवस्थाको अन्त्य गर्नु अहिलेको मुख्य चुनौति रहेको उल्लेख गरे । शिक्षा र स्वास्थ्यका क्षेत्रहरुमा सरकारले नै व्यवस्था गर्नुपर्ने जिम्मेवारी भएता पनि सार्वजनिक, नीजि तथा सहकार्य गरी गर्नु अहिलेको नेपालको अवस्थामा अपरिहार्य रहेको औंल्याउँदै उनले सरकारले विभिन्न रोगलाई दिएको सहयोग तथा स्वास्थ्य वीमालाई प्रभावकारी प्रयोग तथा उपयोग गर्नुपर्नेमा जोड दिए ।

७० वर्ष माथिका वृद्धवृद्धालाई एक लाख सम्मको उपचार खर्च व्यहोर्ने प्रकृया अघि बढाएको जानकारी गराउँदै पूर्वउद्योगमन्त्री समेत रहेका सांसद बस्नेतले अविकसितबाट अल्पविकसित मुलुकको बाटोमा अघि बढिरहेको अवस्थामा सांसदको भूमिका नीति निर्माणमात्र नभई विकासको पहलकर्ताको रुपमा समेत रहनुपर्ने बताए ।

काभ्रे र भक्तपुरलाई जोड्ने विभिन्न सडकहरु सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले काभ्रे र भक्तपुर अविकसित हैन अब विकसित जिल्लाको रुपमा परिचय बदल्दै लगेको बताए । १५ वेडको अस्पताल नपाको र १०० बेडको प्रदेश सरकारको मातहतमा रहने प्रावधान रहेको समेत जानकारी गराए ।

ताजा अपडेट

खोजी गर्नुहोस