कक्षा ११ र १२ मा विद्यार्थीले गणित विषय पढ्न नपाउने गरी प्रारूप तयार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ ७, मंगलबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

माघ ७, काठमाण्डौ । विज्ञान र प्रविधिको मेरुदण्डको रुपमा लिईएको गणित विषयलाई पाठ्यक्रमको प्रारूपबाटै हटाउने गृहकार्य सुरु भएको छ । कक्षा ११ र १२ मा विद्यार्थीले गणित विषय रोज्न चाहे पनि पढ्न नपाउने गरी प्रारूप तयार गरिएको छ । नेपाल गणित समाजका अनुसार हाल देशभर ७० हजार बढी विद्यार्थीले विभिन्न संकायबाट गणित अध्ययन गर्दै आएका छन् ।

समाजका अनुसार प्रारूपमा विज्ञान संकायका विद्यार्थीले ११ कक्षामा अंग्रेजी अनिवार्य र चार ऐच्छिक गरी पाँच विषय अध्ययन गर्दै आएका छन् । यस्तै, १२ कक्षामा अंग्रेजी, अनिवार्य नेपाली र तीन ऐच्छिक गरी पाँच विषय पढ्दै आएका छन् । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा गणित विषय समावेश नगरिएकामा विज्ञहरूले विरोध गर्दै आएका छन् ।

हाल केन्द्रले बनाएको प्रारूप लागू भए ११ कक्षामा अंग्रेजी, नेपाली, सामाजिक शिक्षा र तीन ऐच्छिक गरी ६ विषय पठनपाठन हुने गणित शिक्षक समाजले जनाएको छ । यस्तै, १२ कक्षामा अंग्रेजी, नेपाली, जीवनोपयोगी र तीन ऐच्छिक गरी ६ विषय अध्यापन गराइने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस