माघ ७, काठमाण्डौ । गैरआवसीय नेपाली सङ्घ (एनआरएनए)ले काठमाडौंमा स्मार्ट शौचालय बनाउने जनाएको छ । नमुना शौचालय निर्माणका लागि महानगरसँग सम्झौता भइसकेको एनआरएनएका अध्यक्ष कुमार पन्तले जानकारी दिए । कास्कीको रूपाकोटमा सम्पन्न ७१ औं बैठकको निर्णय सार्वजनिक गर्दै एनआरएनएले सोमबार उक्त घोषणा गरेको हो ।
‘हामीले शौचालय बनाएर हस्तान्तर गर्ने मात्रै होइन । बैठकले ग्रामीण क्षेत्रका विद्यालयहरूमा शौचालय निर्माणको काम अघि बढाउने निर्णयसमेत गरेको छ। नमुना शौचालय निर्माणका लागि बैठकबाटै ४० लाख रुपैयाँ सङ्कलन भएको उपाध्यक्ष रवीना थापाले जानकारी दिइन् ।