माघ ७, धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका ४ बाट धादिङबेसी फर्किदै गरेको आईसर ट्रक दुर्घटना भएको छ । निलकण्ठ नगरपालिका ९ मा उक्त सवारी सडकमै पल्टिएको थियो । धादिङको ज्वालामुखी गाउँपालिका ४ ढोलामण्डलीको दर्शन गरेर फर्किदै गरेका यात्रु बोकेको आईचर ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
मंगलबार ढोलामण्डलीमा लागेको मेला दर्शन गरेर फर्किदै गरेका स्थानीय चढेको आइचर ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला अस्पताल धादिङका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिएका छन् । तिब्र गतिका कारण सवारी दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । ट्रकमा करिब ४० यात्रु सवार रहेको अनुमान गरिएको छ ।