आईएमएस ग्रुप अब नेपालमा Linearflux लागि एक मात्र आधिकारिक बिक्रेता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ ७, मंगलबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

माघ ७,काठमाडौँ । आईएमएस ग्रुप अब नेपालमा Linearflux लागि एक मात्र आधिकारिक बिक्रेता बनेको छ । Dr. Dre and Monster Products का ईन्जिनियरहरूले बनाएका, Linearflux हेडफोनको एक ब्रान्ड हो जसले वायरलेस, hyper definition, अडियोकोे अनुभव दिने छ । निरन्तर २ वर्षको अनुसन्धान र प्रविधि विकास पछि American Brand Linearflux officially launch भएको हो ।

Linearflux Hyper Sonic एक वायरलेस हेडफोन हो जुन सक्रिय जीवनशैलीको लागि बनेको हो । यस हेडफोनलाई Lady Gaga, Dr.Dre, Puff Daddy, Black Eyed Peas, Far East Movement, Jay Chou, Wonder Girls जस्ता सांगितक क्षेत्रका महान हस्तीहरुबाट परिक्षण भएको छ । यसको DL01Immersive ध्वनि इन्जिनको विशेषताले संगीतको स्पष्टता बढाउंछ र बेसको लागि उपयुक्त रहेको छ ।

Linearflux HyperSonic पानी प्रतिरोधी छ र यसमा कुनै पनि रिचार्जेबल केबुलहरू आवश्यक पर्दैन । यसको विषेशता भनेको pillow-soft ear-tips दुईथरीका रङ्गहरुमा पाईनेछ । साथै यसले बाहिरी ध्वनी कम गरी विस्तृत ध्वनी सुन्न र बेसको आनन्द लिन मद्दत गर्दछ ।

Hyper Sonic Linearflux का विशेषताहरु :
• Wireless Charging
• Waterproof IPX& Rated
• Immersive HD Sound
• Up To 20+ Hours of Playtime
• Works with Apple Siri + Android Assistant
• 5 Minutes HyperchargingUp to 1 Hour Play
• Passive Noise Cancellation
• Ultra-Lightweight

हाल कम्पनीले Linearflux उत्पादनहरू स्मार्टडोकोको मार्फत उपलब्ध गराएको छ, जुन नेपालका अग्रणी अनलाइन मेगा स्टोरहरू मध्ये एक हो । साथसाथै IMS Little Smiles Showroom City Center / IMS SMart Showroom ताम्राकार कम्प्लेक्स् चौथौं तल्ला, पाकोमा उपलब्ध गराएको छ ।

आईएमएस ग्रुपका अध्यक्ष दिकेश मलहोत्राले भने–“नेपालमा अर्को अन्तर्राष्ट्रिय ब्रान्ड Linearflux एक मात्र आधिकारिक वितरक प्राप्त गर्न पाउँदा आईएमएस गु्रप अत्यन्तै खुसी र गर्व महसुस गर्दछु ।

उनले थपे– Linearfulx एक येस्तो ब्रान्ड हो जुन सस्तो मूल्यमा सामानको असाधारण गुणस्तरको लागि परिचित छ र नेपालका नागरिकहरूलाई मूल्य अभिवृद्धि उत्पादनहरू र सेवाहरूको विस्तृत श्रृंखला प्रदान गर्दछ । मलहोत्राले उपभोक्ताको आवश्यकताहरू पूरा गर्नको साथै, निरन्तर सुधार र हरेक पक्षमा उनीहरूको अनुभव बृद्धि गर्न चाहेको बताएका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस