उपसभामुखका लागि प्रमुख प्रतिपक्षी कांग्रेसको “लबिङ”

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ ८, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ८, काठमाण्डौ । उपसभामुखका लागि प्रमुख प्रतिपक्षी कांग्रेसले ‘लबिइङ’ थालेको छ । नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले उपसभामुखको विषयमा कांग्रेससँग कुराकानी भइरहेको बताएका छन् । यसका साथै मंगलबार बिहान सत्तारूढ पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका कांग्रेस नेता रामचन्द्र पौडेलले पनि उपसभामुखका लागी कुरा उठाएको स्रोतको भनाईछ ।
संविधानको धारा ९१ (२)मा प्रतिनिधि सभाको सभामुख र उपसभामुखमध्ये एकजना महिला अनिवार्य गरिएको छ । त्यस्तै सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनु पर्नेछ । नेकपाले सभामुखमा उमेदवारी दिएपछि उपसभामुखमा उमेदवारी दिन मिल्दैन । कांग्रेस संसदीय दलले सभामुख तटस्थ रहनुपर्ने र नेकपाको उमेदवार जित्ने निश्चित भएकाले उमेदवारी नदिने निर्णय गरिसकेको छ । यसअघि कांग्रेस सचेतक पुष्पा भुसाललाई उमेदवार बनाउने तयारी कांग्रेसको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस