कम्प्युटर सफ्टवेयर विन्डोज–7 बन्द

  • अनलाइन केन्द्र
  • / प्रवास /
  • २०७६ माघ ८, बुधबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ ८, काठमाण्डौ । माइक्रोसफ्ट कम्पनीको कम्प्युटर सफ्टवेयर विन्डोज–७ बन्द भएको छ । यो कम्पनीले विन्डोज–७ को सफ्टवेयरलाई बन्द गर्नका लागि सन् २०१५ देखि नै यसको मेनस्ट्रिम सपोर्ट सर्भिस बन्द गरेको थियो । माइक्रोसफ्टले गत मंगलबारदेखि यो सेवालाई बन्द गरेको हो ।

योसँगै अबदेखि प्रयोगकर्ताले आफ्नो कम्प्युटर अपरेटिङ सिस्टममा विन्डोज १० अपडेट गर्नुपर्ने भएको छ । माइक्रोसफ्टले केही समय अघिदेखि प्रयोगकर्तालाई भाइरस तथा अन्य जोखिमबाट बच्नका लागि आफ्नो कम्प्युटरमा विन्डोज १० अपग्रेड गर्नका लागि आग्रहसमेत गरेको थियो ।

माइक्रोसफ्टको अनुसार विन्डोज–७ को सफ्टवेयर प्रयोग गर्ने प्रयोगकर्ताको कम्प्युटरमा त्यो सफ्टवेयरले काम नै नगर्ने भन्ने होइन तर, ती कम्प्युटरहरू भाइरस र साइबर सेक्युरिटीको उच्च जोखिममा पर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस