अतिक्रमित जमिन फर्काउने अभियानमा सरकार दृढ : मन्त्री पद्ममाकुमारी अर्याल

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ ८, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ८, काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले अतिक्रमित जमिन फर्काउने अभियानमा सरकार पुर्ण रुपले लागी परेको बताएकी छिन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा तनहुँले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारी जमिन व्यक्तिको नाममा दर्ता गर्ने जो कसैलाई पनि कारवाही गरिने बताइन् ।

जमिनको अतिक्रमण व्यापकरुपमा बढिरहेकाले अतिक्रमित जग्गा फिर्ता ल्याउन सरकारले प्रयत्न गरिरहेको मन्त्री अर्यालले बताइन । उनले दूषित दर्तालाई बदर गर्ने अभियानमा सरकार अगाडि बढेको बताउँदै जमिन अतिक्रमण गर्नेविरुद्ध जनताले सरकारलाई सूचना दिनुपर्नेमा उल्लेख गरीन ।

ताजा अपडेट

खोजी गर्नुहोस