अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्धको महाअभियोगमाथि सिनेटमा सुनुवाइ

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ माघ ९, बिहिबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ ९, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको विरुद्धको महाअभियोग प्रस्तावमा अमेरिकी माथिल्लो सदन सिनेटमा सुनुवाइ सुरु भएको छ । सिनेटमा बहुमत प्राप्त रिपब्लिकन नेता मिच म्याककोनेलले मुख्य साक्षी वा दस्तावेज रोक्न चाहेको भए पनि विपक्षी डेमोक्रयाटले त्यसलाई पर्दा लगाउने विषय भन्दै आलोचना गरेको छ ।

डेमोक्रयाट्सले महाअभियोग सम्बन्धी सुनुवाईको नियम फेर्न चाहेको छ । राष्ट्रपति ट्रम्पमाथि युक्रेन मामिलामा आफ्नो शक्ति दुरुपयोग गरेको र कंग्रेसलाई उनको आचरणको बारेमा जाँच गर्नबाट रोकेको आरोप लगाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस