सभामुखका लागि बालुवाटारमा बस्ने कोठा भएन, लैनचौर भवन व्यवस्थापन गरिने निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ ९, बिहिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ९, काठमाण्डौ । सरकारले सभामुखका लागि यसअघि उपराष्ट्रपति नन्दबहादुर पुन बसेका लैनचौरस्थित भवन व्यवस्थापन गर्ने भएको छ । राजधानीको कपुरधारा मार्गमा रहेको उक्त भवन सभामुखका लागि व्यवस्थापन गर्न लागिएको हो ।

यसअघिको बालुवाटारस्थित सभामुखको सरकारी निवासमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बसेका छन् । तिमिल्सिनाले प्रयोग गरेका सरकारी निवासमा प्रधानमन्त्री केपी शर्मा ओली गत मङ्सिर पहिलो साता सरेका थिए । सभामुख चयन प्रक्रिया अघि बढेसँगै संसद् सचिवालयले निवास व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयलाई पत्राचार गरेको थियो । मन्त्रालयले लौनचौरस्थित उक्त भवनमा आवश्यक मर्मत गरी हस्तान्तरणको तयारी गरिरहेको छ । रङरोगन लगायतका काम करिब सकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस