एकै प्रकृतिको दुर्व्यवहारमा पारसलाई बकस, आस्थालाई दकस !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ माघ ९, बिहिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ९, काठमाण्डौ । ड्युटीमा रहेका प्रहरीमाथि गायिका आस्था राउतले दुव्र्यवहार गरेको आरोपमा प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । तर, उस्तै प्रकृतिको घटनामा पूर्वयुवराज पारस शाहमाथि भने कारबाही त के प्रश्नसमेत सोध्ने आँट नगरेको खबर आज बिहीबार प्रकाशित भएको शुक्रबार साप्ताहिकमा भोला अधिकारीले लेखेका छन् ।

२ भदौमा पारसले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि हातपात गरेका थिए । पारसले ड्युटीमा रहेका प्रहरी नायव निरीक्षक ईश्वर खत्रीमाथि हातपात गरेका थिए । उनले खत्रीलाई धकेलाधकेल मात्र गरेनन्, बारम्बार कुट्ट झम्टिएका थिए । यो दृश्य तत्कालै सामाजिक सञ्जालमा छताछुल्ल भयो । दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि पारसमाथि प्रहरी कारबाही अघि बढ्नुपर्ने, पक्राउ पुर्जी जारी गर्नुपर्ने आबाज उठ्न थाल्यो । तर विमानस्थल प्रशासन तथा प्रहरीका उच्च अधिकारीले पारसलाई कारबाही गर्नेतर्फ कुनै चासो दिएनन् । ठीक यही प्रकृतिको घटना यतिबेला सर्वत्र चर्चामा छ ।

गएको बिहीबार भारतको सिक्किममा कन्सर्ट गर्न भद्रपुर उड्ने लागेकी आस्था राउतले ड्युटीमा रहेकी प्रहरी महिला रमिता श्रेष्ठलाई औँला ठड्याएको र अभद्र व्यवहार गरेको आरोपमा प्रहरी यति सक्रिय भयो कि उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्यो । कुरा यत्तिमै सीमित भएन, प्रहरीले उनलाई फरार कोटीमा पनि राखेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस