मौसम पूर्वानुमान : आज मौसम सफा रहने, काठमाण्डौको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ माघ ९, बिहिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ९, काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले आज पनि मौसम सफा रहने बताएको छ । अहिले नेपालमा कुनै पनि उल्लेखनीय मौसम प्रणाली नभएको भन्दै मौसम सफा रहने जनाएको हो । मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौं उपत्यकामा हल्काफुल्का हुस्सु लागेको छ । तराई भेगमा पनि हुस्सु र कुहिरो छ ।

पहाडी भेगमा बिहानमै र तराईमा दिउँसो मात्र हुस्सु र कुहिरो हटेर जानेछ । चिसो रहिरहने छ । उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ । ६ः४५ बजे पनि तापक्रम २ डिग्री नै रहेको थियो । उपत्यकामा तुसारो पनि परिरहेको छ । यसले नै चिसो बढाएको छ । शुक्रबार र शनिबार भने आंशिक बदली हुनेछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस