माघ ९,धनुषा । प्रदेश दुईको राष्टियसभा निर्वाचनमा नेकपा(राजपा गठबन्धनबाट अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका शेखरसिंह विजयी भएका छन् ।
उनले नेपाली काँग्रेस र समाजवादी पार्टीको गठबन्धनबाट उम्मेदवारी दिएका भोला पजियारलाई पराजित गरेका हुन् । सिंहले ५ हजार ५ सय २ मतभार ल्याएका छन् भने पजियारले ४ हजार ५ सय १२ मतभार ल्याए ।
अल्पसंख्यक कोटाको परिणाम आएसँगै राष्टियसभाको प्रदेश दुईको निर्वाचनमा चारवटै सीटमा नेकपा राजपा गठबन्धनले विजयी हासिल गरेको छ । नेकपा राजपा गठबन्धनबाट महिलातर्फ तुलसा दहाल, खुल्लातर्फ मृगेन्द्र सिंह र दलिततर्फ राधेश्याम पासवान विजयी भइसकेका छन् ।