माघ ११,पोखरा । एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा पक्राउ परेका गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय कास्कीले दुई दिन म्याद थप गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले बयान सकिएपछि थप अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला प्रशासन कार्यालय लगेको थियो । जिल्ला प्रशासन कार्यालयबाट थप अनुसन्धानका लागि २ दिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवं प्रवक्ता राजकुमार केसीले बताए ।
अखिल नेपाल पुटबल संघ कास्की (एन्फा)का अध्यक्ष मिलन गुरुङलाई हातपात गरेको आरोपमा उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले मनाङेलाई गालीगलौज तथा फौजदारी आरोपमा पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।