माघ १२,मोरङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पहिलो जनबर्गिय सङठन पिन ले प्रदेश १ स्तरिय बृहत् भेटघाट तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
शनिवार मोरङको बेतना बेलबारीमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रदेश १ का सबै जिल्लाबाट करिब २ सयभन्दा बढि इन्जिनियर सहभागी भएको पिन प्रदेश १ का नेता डेगराज पौडेलले जानकारी दिए।
कार्यक्रममा प्रदेशका आन्तरिक मामला मन्त्री हिक्मत कार्कीले पिनको माग बमोजिम प्रदेश सरकारले प्रदेश इन्जिनियरिङ स्टाफ कलेज निर्माण गरिने प्रतिबद्दता ब्यक्त गरेका छन । उनले प्रदेशको मसृद्धिमा इन्जिनियरको भूमिका प्रमुख रहने र इन्जिनियरलाई प्राथमिकतामा राखेर सरकार अगाडि बढेको बताए ।
उनले भने, ‘आज स्टाफ कलेज भए अनिबार्य केही महिना तालिम गराएर हामी विभिन्न स्थानिय तह र प्रदेशमा नव प्रवेसी साथीहरुलाई हामी प्रवेश गराउथ्यौ र काममा सहज हुने थियो । हामीले अब यो कुरा सरकारको तर्फबाट अगाडि बढाउछौ तपाईंहरुले प्रस्ताव हामीलाई दिनुस ।’
कार्यक्रममा प्रदेश १ का वन वातावरण पर्यटन राज्य मन्त्री विजय विश्वासले सरकार इन्जिनियरको ज्ञान सीपलाई साथ मालिएर अगाडि बढ्न तयार रहेको बताए ।
इन्जिनियर दिपक पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पिन प्रदेश १ का इन्चार्ज डा. भेषराज थापा पिनका नेताहरु नन्द बन्जाडे, चुडाराज ढकाल, सन्जिब रोकाहा, रोशन भट्टराई लगायतको सहभागिता रहेको आयोजकले जनाएका छन ।