चन्द्रनिगाहपुरमा शंकास्पद वस्तु फेला

Post Thumbnail

१२ माघ, रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा शंकास्पद वस्तु फेला परेको छ ।

चन्द्रनिगाहपुर गौर सडकको नेपाल बैंक अगाडि एउटा ब्याग र बोरा बिहानैदेखि देखिएपछि प्रहरीले बम रहेको आशंका गरेको छ ।

शंकास्पद रहेको स्थानलाई घेरा हालेर राखिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस