साउन १३,काठमाडौँ । गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ–नेपाल) को निर्वाचनको लागि अध्यक्षका उम्मेदवार वायुदेव पाण्डे र अर्का उम्मेदवार ध्रुव सिंखडाले आ–आफ्नो प्यानल औपचारिक घोषणा गरेसँगै अन्ततः नयाँ नेतृत्वको निम्ति भिडन्त हुने भएको छ । भिटोफ निर्वाचनमा कस्ले जित्ला भन्ने जिज्ञासाले पर्यटन व्यवसायीहरुलाई पिरोल्न थालेको छ ।
भिटोफ नेपालमा करिब सात सय सदस्य छन् । दुुवै अध्यक्षका दावेदारले आफू नै अध्यक्षको दाबेदार हुनुपर्ने कारणबारे दाबी गर्दै आएका छन् । तर, विगतमा पर्यटनका संघसस्थाहरु जस्तै, टान, नाट्टा, एनएमएमा राजनीतिक समर्थनमा नेतृत्व पठाउँमा कार्यसमितिभित्र निरन्तर अन्तरसंघर्ष र अशान्त हुने भन्दै यो पटक भिटोफमा व्यवसायीक नेतृत्व पठाउने तयारीमा मतदाता छन् ।
अध्यक्षका युवा तथा वर्तमान कार्यसमितिका महासचिव वासुदेव पाण्डेलाई व्यवसायीहरुले निक्कै रुचाएका छन् । पाण्डेले अहिले महासचिव हुँदा भिटोफ नेपालमा मुख्य नयाँ तीन कामहरु गरेर चर्चा कमाए । उनले टे«किङ ट्रायल एक्सप्लोर गरे । त्यस्तै, संस्थामा ११ वटा विभाग बनाएर सबैलाई निर्णायक अधिकार र जिम्मेवाद प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे भने अर्का ग्रामीण पर्यटन तालिम पहिलो पटक गाउँगाउँमा प्रदान गरे ।
पाण्डे यसअघि पनि सचिव रहेर भिटोमा कार्यरत रहेका थिए । पर्यटन व्यवसायमा सक्रिय पाण्डेले आफू अध्यक्ष भएमा भिटोफलाई पूर्ण राजनीतिक मुक्त बनाई थप नयाँ उचाईमा पु¥याउने प्रण गरेका छन् ।