अफगानिस्तानमा हवाई आक्रमण : कम्तीमा १६ लडाकु मारिए

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ माघ १३, सोमबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ १३,काठमाडौँ । अफगानिस्तानमा भएको हवाई आक्रमणमा परी कम्तीमा १६ लडाकु मारिएका छन् । तालिवान लडाकुको आश्रयस्थलका रूपमा चिनिने बाल्ख प्रान्तको बाल्ख जिल्लामा शनिबार दिउँसो भएको घटनामा परी उनीहरू मारिएका हुन्।

अफगानिस्तानको उत्तरी क्षेत्रका सैन्य प्रवक्ता मोहम्मद हानिफ रेजाईले आइतबार दिएको जानकारी अनुसार तालिवान लडाकुलाई नै लक्षित गरेर हवाई आक्रमण गरिएको जानकारी दिए। लडाकु लुकेर बसेको सूचना पाएपछि सुरक्षाकर्मीले त्यस क्षेत्रमा केही दिनदेखि सुरक्षा कारबाही चलाएका थिए।

घटनाका बारेमा तालिवान लडाकुको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । घटनास्थल केन्द्रीय राजधानी काबुलदेखि ३०५ किलोमिटर उत्तरतर्फ पर्छ।

यस्तै, उत्तरपश्चिम अफ्रिकाको मालीमा आइतबार अर्धसैनिक सुरक्षा बलको एक शिविरमा आक्रमण हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको यहाँको सैन्य तथा प्रत्यक्षदर्शी स्थानीयले बताएका छन्। ‘मालीको मध्यक्षेत्रमा रहेको सोकोलो सुरक्षा शिविरमा जिहादी विद्रोहीले गरेको आक्रमण परी कम्तीमा १५ अर्धसैनिकको मृत्यु भएको छ,’ मालीको सैनिक स्रोतले भन्यो।

आक्रमणबाट मृत्यु हुनेमा अर्धसैनिक प्रहरी अधिकारी रहेका र शिविर बाहिर पनि दुई जनाको मृत शरीर देखेको एक स्थानीय सांसदले बताए। ‘आक्रमणकारी जिहादी लडाकुहरू मोटरसाइकलमा आएर आक्रमण गरेका थिए,’ सुरक्षाको कारण देखाउँदै नाम उल्लेख नगर्ने शर्तमा एक अधिकारीले भने।

उनले भने, ‘हतियारले सुसज्जित उनीहरू सोकोलो शिविरमा प्रवेश गरे। शिविरमा अन्धाधुन्ध गोली चलाएपछि केही सुरक्षाकर्मी भागेर आफ्नो सुरक्षा गरेका थिए। आक्रमणकारीले शिविरबाट हतियार लगायतका धेरै सामानहरू लगेका छन्।’

‘आक्रमणपछि शिविरमा पूर्णरूपमा भद्रगोल अवस्थामा रहेको छ,’ एक मानवीय सहयोगका लागि कार्यरत संस्था सम्बद्ध स्रोतले भन्यो। आक्रमणकारीले शिविरलाई तत्काल छोडेर भागेका थिए। क्याम्पमा रहेका १५ सुरक्षाकर्मीको शवलाई हामीले हटाई अन्तिम परीक्षणका लागि अस्पताल पठाएका छौँ।

सोकोलो सेग्यो क्षेत्र अलकायदासँग सहकार्य गरेको मालीको जिहादी समूहको प्रभाव क्षेत्र हो। सहेल क्षेत्रमा करिब चार हजार ५ सय फ्रान्सेली सेना र मालीमा करिब १३ हजार संयुक्त राष्ट्रसंघको शान्ति सेना तैनाद गरिएको छ। तर, जिहादीहरूले लुकीछिपी गर्ने आक्रमणबाट माली, बुर्किना फासो र नाइजरमा पटकपटक यस प्रकारका आक्रमणहरू हुने गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस