‘पार्टी एकिकरण राजनीतिक आन्दोलनको असाधारण परिघटना’ : प्रचण्ड

जेठ ५,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘ओभर कन्फिडेन्ट’ नदेखाउन र विपक्षीलाई कमजोर नदेख्न सांसदहरुलाई निर्देशन दिएका छन् ।

पार्टी एकतापछि शनिबार बसेको पहिलो संंसदीय दलको बैठकमा प्रचण्डले पार्टी एकतासँगै जिम्मेवारी बढेको बताए । विपक्षीहरुले ध्यानपूर्वक हेरेको र आफूहरुले सानाठूलो कमजोरी गर्दा त्यसलाई एक्सपोज गर्ने क्रम बढेर जाने उनले बताए ।

पराजित भएको सेनाले युद्धबाट शिक्षा लिन्छ र युद्धकला सिक्न अझ मेहनत गर्छ भन्दै उनले सांसदहरुलाई एकतापछि बढ्ने विरोधलाई सामना गर्ने सामथ्र्य विकास गर्न आग्रह गरे । ओभर कन्पिmडेन्ट देखिए त्यो प्रत्युपादक हुन सक्ने भन्दै उनले भने, ‘अर्को पक्षलाई कमजोर ठानेर रिल्याक्स गर्ने छुट हामीलाई छैन ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले पार्टी एकिकरणलाई राजनीतिक आन्दोलनको असाधारण परिघटनाको संज्ञा दिए ।

विश्वले नै अत्यन्तै चासोका साथ हेरेको तथा जनताको अपेक्षा पनि बढेको भन्दै उनले ठूला र महत्वपूर्ण आयोजनाहरु अघि बढाएर विकासलाई गति दिनु पर्ने बताए ।

संम्बन्धित समचार

Leave a Reply