यस्ता पो एसएसपी ! जसले आफ्नै पितालाई पनि छोडेनन्

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ माघ १४, मंगलबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १४,काठमाडौँ । नेपाल प्रहरीका धेरै अधिकृतमाथि आफन्त र नातागोतामाथि संरक्षण गरेको आरोप लाग्छ । तर यीसवै आरोपलाई गलत सावित गर्ने प्रहरी अधिकृत पनि छन भन्ने प्रमाण एसएसपी भीम ढकालले कामबाटै उदाहरण पेश गरेका छन । जस्ले आफ्नै बाबुलाई समेत पक्राउ गरी आफ्नै हिरासतमा राखेका छन ।

दोस्रो संविधानसभा निर्वाचन तयारी चलिरहेको थियो । सरकारले कुरा सुनेन भनेर ज्येष्ठ नागरिकहरुले आन्दोलन चर्काउँदै लगेका थिए । काठमाडौंको कोटेश्वर केन्द्रित आन्दोलन मीनभवन सारियो । त्यहाँ जहिल्यै धर्ना, जहिल्यै नाराबाजी भइरहेको थियो । जुन आन्दोलनको नेतृत्व शिवप्रसाद ढकालले गर्दै आएका थिए । आन्दोलन चर्कंदै गयो । आन्दोलनको प्रकृति परिवर्तन हुँदै गयो । बानेश्वर बृत्तको नेतृत्व उनकै छोरा भीमले गरेका थिए । ‘त्यो दिन मंसिर २६ गते हुनुपर्छ । ज्येष्ठ नागरिकले मीनभवनको सडकमै सुतेर आन्दोलन गर्नुभयो । सडक अवरुद्ध भएको पाँच मिनेटपछि मलाई खबर आयो । तत्काल मिनभवन पुगें,’ एसएसपी ढकालले त्यो दिन सम्झिए ।

ज्येष्ठ नागरिकको आन्दोलनलाई नेपाल कमर्स क्याम्पस मीनभवनका विद्यार्थीले साथ दिएका थिए । ‘५०–६० जना ज्येष्ठ नागरिकले सडकमै सुतेर बाटो अवरुद्ध गर्नुभएको थियो,’ एसएसपी ढकालले सम्झिए, ‘बुबाको नेतृत्वमा उहाँहरू सडकमै सुतेर लम्पसार पर्नुभएको थियो । बुबा बीचमा हुनुहुन्थ्यो । विद्यार्थीले प्रहरीलाई पस्न नदिने भनेर ज्येष्ठ नागरिकलाई घेरा हालेर राख्नुभएको रहेछ ।’ विद्यार्थीलाई सम्झाइ–बुझाइ गरेर ढकालले घेरा तोडे। सर्वप्रथम आफ्नै बुबालाई सम्झाए । तर बुवा शिवप्रसादले आफूहरुको माग पूरा नभइन्जेल आन्दोलन जारी राख्ने अडान कायमै राख्े । १५ मिनेटजति सम्झाइ–बुझाइ गरेपनि भीमको प्रयाश असफल भयो ।

त्यसबेला मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी थिए । ढकालले अध्यक्ष रेग्मीलाई भेट्टाइदिन्छौं भन्दै आन्दोलन रोक्न सुझाए । त्यतिबेला काठमाडौं प्रहरी प्रमुख एसएसपी सुवोध घिमिरे थिए। एसएसपी सापलाई सेटबाटै कल गरें । उहाँले अध्यक्ष रेग्मीसँग भेटघाटका लागि समयसमेत तय गर्नुभयो,’ ढकालले भन्नुभयो, ‘र पनि, उहाँहरू मान्नुभएन । उहाँहरूको आठ–दसवटा माग थिए । सबै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उहाँहरूको उद्घोष थियो ।’

त्यतिबेलासम्म सडक अवरुद्ध भएको २५ मिनेट बितिसकेको थियो । काठमाडौंको मुटुको सडक २५ मिनेटदेखि अवरुद्ध हुँदाको असर सवैतिर परिसकेको थियो । आन्दोलनकर्ताले कुनै हालतमा पछि नहट्ने अडान जारी राखेपछि ढकालले बाबु भन्दा आफ्नो जिम्मेवारी पहिलो सम्झिए । ‘मैले सडक अवरोध गर्न दिनु हुँदैनथ्यो । मसँग विकल्प थिएन, अन्ततः बुवालगायत सवैलाई पक्राउ गर्नुपर्‍यो, ढकालले त्यो घटना संझदै भन्नुभयो, पक्राउ पर्दा बुवाले आक्रोश पोख्नुभयो । पक्राउ परेकालाई तीनकुने लगियो । उहाँहरूलाई एक घन्टा हिरासतमा राखियो । हिरासतमा बुवासँग बोलचाल भएन । आन्दोलनकर्ताले हिरासतमा पनि बुवालाई घेरा हालेर राखेका थिए । आन्दोलकर्ता एक घन्टापछि हिरासतमुक्त भए । बेलुका घर पुग्दा बुवासँग भेट भएन ।’

भोलिपल्ट बुवासँग भेट भयो । ढकालले नै बुवा शिवप्रसादलाई बोलाएका थिए । अघिल्लो दिनको आक्रोश मत्थर भएको रहेछ । बुवा शिवप्रसादले ढकाललाई भने, ‘तैंले राष्ट्रका लागि निष्पक्ष काम गर्ने रैछस् भन्दै तारिफ गर्नुभयो, । एसएसपी ढकालले त्यो दिन सम्झिए, ‘बुवाले तैंले गरेको काम ठीक छ, यस्तै काम गर्नु सँधै भन्नुभयो । मलाई धाप मार्दै यस्तै गर्दै जानु भनेर आशिर्वाद दिनुभयो ।’

सधै कामलाई पहिलो प्राथमिकता दिएकै कारण ढकाल जहाँ पुगे पनि नागरिकको समर्थन पाउने अधिकृतमा पर्छन । आफ्नै बुवालाई पक्राउ गर्ने त्यतिखेर नयाँबानेश्वर वृत्त इन्चार्ज ढकाल अहिले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख छन । ट्राफिकको नेतृत्व गरेपछि उनले धेरै सुधारको काम अघि बढाएका छन । आफै यात्रु बनेर सार्वजनिक यातायातमा अनुगमनदेखि ट्याक्सीमा चढेर बदमासको पहिचान गर्दै आएका छन । ढकाल आएपछि उपत्यकाको ट्राफिक ब्यवस्थापनसमेत उल्लेख्य सुधार भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस