भ्रष्टाचारमा पाँचवर्षे हदम्यादसहितको विधेयक प्रधानमन्त्रीबाट राष्ट्रियसभामा पेस हुँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ १४, मंगलबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १४,काठमाडौँ । राष्ट्रियसभाको आज बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक पेस हुने भएको छ । दुवै विधेयक प्रधानमन्त्री केपी शर्मा ओलीले पेस गर्ने कार्यसूची छ ।

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा भ्रष्टाचारसम्बन्धी मुद्दामा पाँचवर्षे हदम्याद राख्ने प्रस्ताव गरिएको छ । यो विधेयकमा सल्लाहकार, परामर्शदाता र विशेषज्ञ पनि राष्ट्रसेवक भन्नुपर्ने उल्लेख छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पेस गर्ने कार्यसूची पनि तय भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस