नेकपासामु राजपाको अडान : “हाम्रो मुद्दा सम्बोधन हुनुपर्‍यो, माननीय रेशम चौधरी छुट्नुपर्‍यो”

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ १४, मंगलबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १४, काठमाडौ । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र सरकारले मधेसी दलभित्र खेल्न खोजेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले मधेसको मुद्दा संबोधन नगर्ने तर मधेसी दललाई सत्ताको लोभ देखाएर समर्थन लिने प्रवृत्ति देखिएको बताए ।
एउटालाई १८ महिना सरकारमा ल्याउने र फेरि अर्कोलाई ल्याउने सरकारको प्रवृत्ति देखिएको भन्दै यादवले अब सरकारले माग पूरा नगर्दासम्म समर्थन नगर्ने र सरकारमा पनि नजाने बताए ।

सरकारलाई समर्थन गरेको १ वर्षसम्म राजपाले उठाएको माग पूरा नभएको र संघीय समाजवादी पार्टी सरकारमा १८ महिना बस्दा पनि उसको मागमा छलफल नभएको यादवले बताए । अहिले पनि मधेस केन्द्रित दलका विषयमा विभिन्न हल्ला फैलाइएको भन्दै राजपा अध्यक्ष मण्डलका संयोजक यादवले राजपा माग र मुद्दाका लागि स्थापना भएको जिकिर गरे ।

‘राष्ट्रिय जनता पार्टी माग र मुद्दाका लागि निर्माण भएको हो । सत्ताका लागि होइन’ उनले भने ‘हामी सरकारलाई समर्थन दिन तयार छौं, सरकारले कति दिन हाम्रो समर्थन चाहन्छ ? तर हाम्रो मुद्दा संबोधन हुनुपर्‍यो, माननीय रेशम चौधरी छुट्नुपर्‍यो ।’

ताजा अपडेट

खोजी गर्नुहोस