नेकपा अध्यक्ष ओलीले भने- ‘डेढ वर्ष भइसक्यो नेकपा भाको, एमाले भन्ने घरिघरि आउँछ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ १५, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १५, काठमाडौ । केन्द्रीय कमिटीको बैठकका एजेण्डा तयार पार्न मंगलबार साँझ बालुवाटारमा नेकपा सचिवालयको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री ओलीले माग गरे – भोलि मैले राष्ट्रिय सभागृहमा एमसीसी र यती लगायतका विषयमा बोल्न पाउनुपर्‍यो । सरकारको बचाउमा बोल्न पाउनुपर्‍यो ।

सचिवालयले प्रधानमन्त्रीलाई केन्द्रीय कमिटीको बैठकमा लामो भाषण गर्ने अनुमति दियो । तर, सचिवालयकै नेताहरु एकमत हुन नसकिरहेका मुद्दामा प्रधानमन्त्रीले गरेको जिरहबाट केन्द्रीय सदस्यहरु ‘कन्भिन्स’ भए या भएनन् ? यसको संकेत थाहा पाउन कम्तिमा विहीबार बेलुकासम्म कुर्नुपर्छ ।
अध्यक्ष ओलीले भने, ‘डेढ वर्ष भइसक्यो नेकपा भाको, एमाले भन्ने घरिघरि आउँछ, त्यो पृष्ठभूमिले हो ।’

एमाले भन्ने बोलाइमा मात्र नभएर कहिलेकाहीँ काममा समेत देखिने गरेको प्रधानमन्त्री ओलीले स्वीकार गरे । बैठकको सुरुमा लामो सम्वोधन गरेका अध्यक्ष ओलीले भने, ‘त्यो ९एमाले० बोलाइमा मात्रै होइन, कहिले–कहिले काममा पनि त्यस्ता आउलान् । तर, त्यसलाई अब हामीले राष्ट्र निर्माणको कस्टमा चाहिँ छोड्दै जानुपर्छ । त्यसलाई बिर्सँदै जानुपर्छ र हामीले फराकिलो भावनाका साथ एकतावद्ध भएर अगाडि जानुपर्छ ।’

एकता प्रक्रियालाई टुंग्याउने कुरामा अलिकति विलम्ब भएको स्वीकार गर्दै प्रधानान्त्री ओलीले यसमा नेतृत्व गम्भीर रहेको बताए । पूर्वएमाले र पूर्वमाओवादीको पृष्ठभूमि अहिलकति समयसम्म जान सक्ने उनले विश्लेषण गरे । प्रधानमन्त्री ओलीले भने, ‘अलिकति समयसम्म यो पृष्ठभूमिले अलिअलि तान्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस