एनआईसी एशिया बैंकका ग्राहकलाई सामसुङ ग्यालेक्सी र नोटको खरिदमा विशेष छुट

माघ १५, काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेड र सामसुङ मोबाइलबीच एन आई सी एशिया बैंकका ग्राहकलाई सामसुङ ग्यालेक्सी एस १० र एस १० प्लस तथा सामसुङ ग्यालेक्सी नोट १० तथा १० प्लसको खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ।

उक्त सम्झौता अनुसार एन आई सी एशिया बैंकका ग्राहकले बैंकको डेबिट–क्रेडिट कार्ड तथा मोबाइल बैङ्किङ्ग सेवा बैंकको आफ्नै पीओस र क्यूआरमा प्रयोग गरी सामसुङ ग्यालेक्सी एस १० र एस १० प्लस तथा सामसुङ ग्यालेक्सी नोट १० तथा १० प्लस खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत वा अधिकतम रु. ३,००० सम्म छुट प्राप्त गर्न सक्ने विज्ञप्ति जारी गरी बैंकले जनाएको छ।

उक्त सम्झौतापत्र बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सामसुङको नेपालस्थित कार्यालयका जनरल म्यानेजर प्रणय रत्न स्थापितले आदानप्रदान गरे। यही माघ १२ गतेदेखि फाल्गुण १६ गतेसम्म लागू हुने यस योजनाबाट बैंकका ग्राहक महानुभावहरुले अधिकतम लाभ लिन सक्ने जनाइएको छ।

बैंकले आफ्नो रणनीति अनुसार कार्ड तथा मोबाइल बैङ्किङ्गबाट गरिने विद्युतिय भुक्तानीलाई अत्याधिक प्रबर्धन गर्दै आइरहेको छ। यसै अनुरुप बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैङ्किङ्ग सेवाग्राहीहरुले यस बैंकको कार्ड तथा मोबाइल बैङ्किङ्ग सेवा प्रयोग गरि विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,०२५ भन्दा बढि मर्चेन्टहरुबाट एकदेखि ५० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् जुन नेपाली बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट हो।

उक्त छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त २०५ अस्पतालहरु, ६०० होटल, रिर्सोट तथा रेस्टुराँ, ९०० रिटेल आउटलेट तथा ३२० विभिन्न सेवा तथा सामान विक्रि गर्ने स्थानहरुबाट ग्राहक महानुभावहरुले सजिलै प्राप्त गर्न सक्ने बताउँदै बैंकले आफ्नो वेबसाइटमा अध्यावधिक गरि राखेको जनाएको छ।

विद्युतिय भुक्तानीलाई थप सरल बनाउनुको साथसाथै यसको पहुँच बिस्तार गर्न बैंकले हालसम्म देशको विभिन्न ३,७०० भन्दा बढि स्थानहरुबाट पीओएस तथा १२,००० भन्दा बढि स्थानहरुबाट क्यूआर सेवा प्रदान गर्दै आइरहेको छ जुन संख्या हाल बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट मध्ये पर्दछ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०५ एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ। करिब २० लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन्।

उत्तरदायी बैकिंङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत ९प्रमुख सूचना अधिकारी० सुधिर नाथ पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

संम्बन्धित समचार

Leave a Reply