हर्ष बद्र्धन श्रीङ्ला भारतीय विदेश सचिवमा नियुक्त

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ माघ १५, बुधबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

माघ १५, काठमाडौ । संयुक्तराज्य अमेरिकाका लागि भारतीय कुटनीतिज्ञ हर्ष बद्र्धन श्रीङ्लालाई भारत सरकारले विदेश सचिवमा नियुक्त गरेको छ।

नवनियुक्त सचिव हर्ष बद्र्धनले कार्यभार ग्रहण गर्र्दै प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्रीको निर्देशन बमोजिम भारतको सर्वोत्तम हितका लागि कार्य गर्ने बताए।

भारतीय विदेश सचिव विजय गोखलेको कार्यकाल समाप्त भएपछि भारत सरकारले विदेश मन्त्रालयका वरिष्ट कुटनीतिज्ञ श्रीङ्लालाई विदेश सचिवमा नियुक्त गर्ने गत महिना नै निर्णय गरेको थियो।

भारतीय विदेश मन्त्रालयले तरन्जित सिंह सन्धुआसलाई अमेरिकाका लागि भारतीय राजदूतमा नियुक्त गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस