नेकपा बैठकमा नेता राईले भने-‘बैठक हलमा अध्यक्षद्वयको फोटो राखिनु राजतन्त्रको झल्को’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ १५, बुधबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

माघ १५,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय समितीको बैठकमा केन्द्रीय सदस्य राजेन्द्र राईले बैठक हलमा अध्यक्षद्वयको फोटो राखिनु राजतन्त्रको झल्को भन्दै अर्को बैठकमा हटाउन सुझाव दिएका छन। ‘फोटो टाँग्ने निर्णय कसले गरेको हो ? आज हटाउन लाज हुन्छ भने अर्को बैठकमा हटाउनुस्, राजाहरुको जस्तो भयो यो त’ उनले भने ।

अर्का केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले पनि कम्युनिस्ट पार्टीको बैठकमा अध्यक्षको फोटो राख्ने निर्णय कुन कमिटीबाट भएको हो भन्दै कटाक्ष गरे । ओली हिँडिसकेकाले उनले प्रचण्डलाई ‘तपाईंलाई यो फोटो देखेर आनन्द लागेको छ ? भनी प्रश्न गरेका थिए ।

खतिवडाले भने–पार्टी बैठकमा नेताको फोटो राख्ने निर्णय कुन कमिटीबाट कहिले भएको हो ? अध्यक्ष कमरेड तपाईलाई यो फोटो देखेर कार्यकर्ता खुसी भएका होलान् जस्तो लाग्छ ? तपाईहरुलाई आनन्द लागेको छ ?

ताजा अपडेट

खोजी गर्नुहोस