लर्ड्समा नेपाल ९ विकेटले विजयी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ श्रावण १३, आईतबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

साउन १३,काठमाडौँ । नेपाली क्रिकेट टोलीले ट्वान्टी ट्वान्टी त्रिकोणात्मक श्रृखंलाको पहिलो खेलमा आइतबार मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लाई ९ विकेटले हराएको छ । वर्षाका कारण ६ ओभरमा घटाएको खेलमा ४१ रनको लक्ष्य पछ्याएको नेपालले १ विकेटको क्षतिमा ८ बलअघि नै आवश्यक रन जोडेको थियो ।

ओपनर सुवास खकुरेले १६ र उपकप्तान ज्ञानेन्द्र मल्ल १२ रनमा अविजित रहँदा नेपालले जित हासिल गरेको थियो । अर्का ओपनर अनिल साहले ९ रन रन जोडे । सुवासले १४ बलमा २ चौका प्रहार गरे । ४ बल खेल्दै ज्ञानेन्द्रले १ छक्का र १ चौका प्रहार गरेका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ६ ओभरमा ४ विकेट गमुाएर ४० रन बनाएको थियो । नेपालका तीब्रगतिका बलर सोमपाल कामीले २, कप्तान पारस खड्काले १ विकेट लिए । श्रृखंलामा अन्तर्राष्ट्रिय मान्यता प्राप्त ट्वान्टी ट्वान्टी क्रिकेट नेपाल र नेदरल्यान्ड्सबीच केहि समयमा सुरु हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस