‘कम्युनिष्टमा वहुमतको दम्भ देखिन थाल्यो’ : गगन थापा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ जेष्ठ ५, शनिबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ५ , बुटवल । नेपाली कांग्रेसका नेता गगन थापाले कम्युनिष्टमा वहुमतको दम्भ देखिन थालेको आरोप लगाएका छन् ।
कांग्रेसको सैनामैना नगरसभा उद्घाटन गर्दै नेता थापाले लोकतन्त्रमा जित र हार स्वाभाविक भएपनि कम्युनिष्टहरुमा जितको दम्भका संकेतहरु देखा पर्न थालेको टिप्पणी गरे ।

चुनावमा भएको हारवाट पार्टी नआत्तिएको दावी गर्दै उनले कार्यकर्तालाई धैर्य र संयम हुन आग्रह गरे । आउने चुनावमा जनताको शक्तिशाली पार्टी बन्ने प्रयासमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

कांग्रेसले सरकारका राम्रा कामको स्वागत गर्ने, विकासका मुद्दामा सरकारसंगै सहकार्य गर्ने तर, सरकार गलत कामतर्फ अघि बढे विरोध गर्ने उल्लेख गरे ।

उनले कांग्रेस अबको पाँच वर्ष जनताको घर घरमा पुग्ने र जनतासँगै सहकार्य गर्ने बताए ।

भर्खरै स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा मधेसी, दलित, मुस्लिम र मधेसी तथा महिलाको उपस्थिति नरहेको भन्दै उनले नेकपाले समावेशीतालाई लत्याएको आरोप लगाए ।

ताजा अपडेट

खोजी गर्नुहोस