कोरोना भाइरस संक्रमण : ज्यान गुमाउनेको सँख्या २ सय ५९ जना पुग्यो, ११ हजारमा संक्रमण पुष्टि

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ १८, शनिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ १८, काठमाण्डौ । कोरोना भाइरसबाट चीनमा ज्यान गुमाउनेको संख्या २ सय ५९ पुगेको त्यहाको स्वास्थ्य बिभागले जनाएको छ । शनिबार बिहान सम्ममा ज्यान गुमाउनेको संख्या २ सय ५९ पुगेको र ज्यान गुमाउने सबै चीनका नागरिक रहेको बीबीसीले बताएको छ ।

चीनमा मात्रै ११ हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भैसकेको छ । बीबीसीका अनुसार चीनमा एकैदिन दुई हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

चीनको हुबेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण चीनका सबै प्रान्तमा फैलिसकेको छ भने फैलन दर तीव्र बन्दै गएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार नै विश्वव्यापी स्वास्थ्य आपतकालीन अवस्था घोषणा गरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस