प्रदेश २ सरकारको नेतृत्व भ्रष्टाचारमा लिप्त भयो, मुख्यमन्त्रीले राजिनामा दिनु उचित हुन्छ : नेता झा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ १८, शनिबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

माघ १८, काठमाण्डौ । राष्ट्रिय जनता पार्टी नेपालका सह महासचिव सुरेन्द्रकुमार झाले प्रदेश २ को सरकार भ्रष्टचारमा लिप्त भएको बताएका छन् । उनले मुख्यमन्त्रीलाई राजीनामा दिन लगाएर सरकार पुनर्गठन गर्न माग समेत गरेका छन् ।

सह महासचिव झाले समाजवादी पार्टीका नेता मोहम्मद लालबाबु राउतले नेतृत्व गरेको प्रदेश २ ले नीतिगत भ्रष्टाचार गरेको, कानुन निर्माण गर्न नसकेको जस्ता दर्जन बढी आरोप लगाउँदै सरकार पुनर्गठनको माग गरेका हुन् । उनले आफ्नो फेसबुक वालमा लामो स्टाटस राख्दै भनेका छन् ‘जुन उद्देश्यले सङ्‍घीय शासन लागू गराउन प्रदेश २ को योगदान थियो, तर, सङ्‍घीयता असफल बनाउनका लागि प्रदेश २ सरकार नै जिम्मेवार देखिन थालेको छ ।’ उनका अनुसार सरकार पुनर्गठन नगरी प्रदेश २ मा जनअपेक्षाअनुसार काम कारबाही गर्न अप्ठयारो देखिएको छ ।

‘वर्तमान परिप्रेक्ष्यमा मुख्यमन्त्रीले राजीनामा गरी मार्ग प्रसस्त गर्नुपर्दछ, गठबन्धनका शीर्ष नेतृत्वले परिस्थितिको गम्भीरतालाई बुझेर मन्त्रिपरिषद पुनर्गठन तत्काल गर्नुपर्दछ’, झाले आफ्नो स्टाटसमा लेखेका छन् । उनका अनुसार प्रदेश २ को सरकार पूर्णतः दिशाविहीन, अनुशासनहीन, भ्रस्टाचारको जगमा गतिहीन भएको अवस्थामा रहेको उनको भनाइ छ । आम नागरिकलाई सरकारले आकर्षित गर्न असफल भएको तथा युवा वर्गमा सुशासन, पारदर्शिता तथा त्यागको सन्देश प्रवाह गर्न नसकेको झाको निष्कर्ष छ ।

‘सङ्‍घीयताको सार्थक अभ्यास गर्दै यसका चुनौतीहरूको बारेमा आमजनतालाई जानकारी गराउन असफल देखिन्छ, प्रदेश सरकारले आजको मितिसम्म एक जना व्यक्तिलाई समेत खुला विज्ञापन गरी रोजगार दिन सकेको छैन, केवल आफ्नो नातागोतालाई मन्त्रिपरिषदबाट निर्णय गर्दै नियुक्त गरेर राष्ट्र ढुकुटीमा ब्रम्हलुट गरेको छ,’ उनको आरोप छ, ‘विकास निर्माणको नाममा गरिएको नाङ्गो नाचमा हजारौ उपभोक्ता समूहका सदस्यहरूलाई गत आर्थिक वर्षको करिब १ अर्ब भुक्तानी नदिएर बिचल्ली पारेको छ ।’ विकास तथा निमार्णका कामलाई तीव्र गतिमा लैजान नसक्दा प्रदेश २ को सरकार अलोकप्रिय भएको झाको बुझाई छ ।

प्रदेश २ मा हुने गरेका संवैधानिक तथा मन्त्रिपरिषदबाट हुने नियुक्तिहरू पारदर्शी नभएको र नियुक्तिमा आर्थिक चलखेल हुने गरेको नीति आयोगका सदस्यसमेत रहेका झाको भनाइ छ । ‘संवैधानिक नियुक्ति गर्दा सिधै मन्त्रिपरिषदबाट गर्ने र त्यसको कुनै संसदीय समितिहरुबाट सार्वजनिक सुनवाई समेत नगर्ने परिपाटी बसाली आर्थिक चलखेलको आधारमा पदहरु बाँड्ने गरेको छ,’ उनले उल्लेख गरेका छन, ‘ऐन कानुन निर्माणको सन्दर्भमा समेत यो प्रदेश चौथों स्थानमा छ ।’ प्रदेश सरकारले निर्माण गरेका ऐन कानुनहरू केन्द्रको जस्ताको तेस्तै कपि गरेको हुनाले कयौं पटक मुख्यमन्त्रीले माफी माग्नु परेको दृष्टान्त पनि उनले स्मरण गराए । सरोकारवालाहरुसँग पर्याप्त छलफल नगरिने परिपाटीको विकास गरिएको उनको आरोप छ । ‘वर्तमान परिप्रेक्ष्यमा मुख्यमन्त्रीले राजीनामा गरी मार्ग प्रसस्त गर्नुपर्दछ, गठबन्धनका शीर्ष नेतृत्वले परिस्थितिको गम्भीरतालाई बुझेर मन्त्रिपरिषद पुनर्गठन तत्काल गर्नुपर्दछ’, झाले भनेका छन् । मुख्यमन्त्रीलाई राजिनामा दिन लगाएर सरकार पुनर्गठन गरेमा मात्रै समाजवादी राजपाको गठबन्धन टिकिरहने उनको भनाइ छ ।
हेर्नुहोस् उनको फेसबुक स्टाटस :

प्रदेश २ को सरकार पूर्णतया दिशाबिहिन, अनुशासनहिन, भ्रस्टाचारको जगमा गतिहीन भएको अवस्था छ । आम नागरिकलाई सरकारले आकर्सित गर्न असफल भएको छ । युवावर्गमा सुशासन, पारदर्शिता तथा त्यागको संदेश प्रवाह गर्न सकेको छैन। संघियताको सार्थक अभ्यास गर्दै यसका चुनौतीहरुको बारेमा आमजनलाई जानकारी गराउन असफल देखिन्छ। प्रदेश सरकारले आजको मितिसम्म एक जना व्यक्तिलाई समेत खुला बिज्ञापन गरि रोजगार दिन सकेको छैन । केवल आफ्नो नातागोतालाई मन्त्रिपरिषदबाट निर्णय गर्दै न्युक्ति गरेर राष्ट्र ढुकुटीमा ब्रम्हलुट गरेको छ। बिकाश निर्माणको नाममा गरिएको नाङ्गो नाचमा हजारौ उपभोक्तासमुहको सदस्यहरुलाई गत आर्थिक बर्षको करिब १ अर्ब भुक्तानी नदिएर बिचल्ली पारेको छ। संबैधानिक न्युक्तिहरु गर्दा सिधै मन्त्रिपरिषद बाट गर्ने र त्येसको कुनै संसदीय समितिहरुबाट सार्बजनिक सुनवाई समेत नगर्ने परिपाटी बसाली आर्थिक चलखेलको आधारमा पदहरु बाँड्ने गरेको छ। एन -कानुन निर्माणको सन्दर्भमा समेत यो प्रदेश चौथो स्थानमा छ। प्रदेश सरकारले निर्माणगरेका एन- कानुनहरु केन्द्रको जस्ताको तेस्तै कपि गरेको हुनाले कयौं पटक मुख्यमन्त्रीले माफी माग्नु परेको छ। साथै सरोकारवालाहरुसंग पर्याप्त छलफल समेत नगरिने परिपाटीको बिकाश गरिएको छ ।यस्तो भयावह परिस्थितिमा गठबन्धनको नेताकार्यकर्ताहरु मुक्दर्सक बनेर बसिराख्यो भने आन्दोलनको भरमा निर्मित भावनात्मक जनाधार मधेशी गठबन्धनले गुमाउनु निश्चितै छ। बर्तमान परिपेक्ष्यमा मुख्यमन्त्रीले राजिनामा गरि मार्ग प्रसस्त गर्नु पर्दछ । गठबन्धनको शिर्शर्थ नेतृत्वले परिस्थितिको गम्भीरतालाई बुझेर मन्त्रिपरिषद पुनरगठन तात्काल गर्नु पर्दछ ।
जय मधेश जय जनता !!

Image may contain: outdoor

ताजा अपडेट

खोजी गर्नुहोस