“रोजगार, उपचार, शिक्षा, आवासको ग्यारेन्टी गर्ने तर्फ सरकार लाग्नुपर्छ” : पूर्व अर्थमन्त्री पाण्डे

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ १८, शनिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १८, चितवन । नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेकपाको केन्द्रीय कमिटी बैठकको निर्णयले देशलाई मार्ग दर्शन गर्ने बताएका छन् ।

पूर्वी चितवनको खैरहनीमा शनिवार पुन समाजको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले वैठकले गरेका निर्णयहरुको प्रभाव आउदो बजेटमा पर्ने भएकाले देशको मुहार फेर्नलाई सहयोग गर्ने बताए । ‘यो वैठकले गरेका निर्णयको प्रभाव आउदो बजेटमा पर्दछ’ उनले भने ‘विकासको मोडल कस्तो बनाउने, कस्ता योजनाहरु ल्याउने भन्ने विषयमा छलफल भएकाले छ त्यही निर्णय नै आउदो कार्यक्रममा लागु हुनेछ ।’
नेपाल कम्युनिष्ट पार्टीको बलियो सरकारले समाजवादको मार्ग दर्शन के हो कसरी हामी समाजवाद तर्फ जान सक्छौ भन्ने विषयमा पनि वैठकमा छलफल भएको छ उनले भने । समाजबाद तर्फ जानको लागि पहिलो चरणमा तत्काल हामी रोजगार, उपचार, शिक्षा आवासको ग्यारेन्टी गर्ने तर्फ जानु पर्दछ नेता पाण्डेले भने त्यही विषयलाई लिएर बैठकमा छलफल भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस