नेकपा केन्द्रीय कमिटी बैठकमा सदस्यहरू भन्छन् -यो हाम्रो सरकार हो कि होइन, शंका लाग्न थाल्यो

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ १९, आईतबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १९, काठमाण्डौ । नेकपा केन्द्रीय कमिटी बैठकमा सरकारको चर्को आलोचना भएको छ । झन्डै दुई तिहाइसहित नेतृत्व गर्दा पनि जनअपेक्षाअनुसार काम गर्न नसकेकामा शनिबार बोल्ने नेताहरूले असन्तुष्टि जनाएका हुन् ।
उनीहरूले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, महासचिवको संगठन र विधान संशोधन प्रस्तावबारे समूहगत छलफलको निष्कर्ष सुनाए ।

सरकारको समीक्षा गर्न पार्टी दस्तावेज डराएको छ। जति दिल खोलेर आउनुपर्थ्यो, आएन । सरकारको कामलाई समूहमा दिल खोलेर छलफल गर्‍यो । सरकारले जनताको मन छुने काम गर्न सकेन भन्ने निष्कर्ष निकाल्योु, समूह ४ का नेता जगन्नाथ खतिवडाले भने, यो हाम्रो सरकार हो कि होइन, शंका लाग्न थाल्यो भनेर साथीहरूले गुनासो गर्नुभएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस