कोरोना भाइरस संक्रमण : चीन बाहिर फिलिपिन्समा एकको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ २०, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २०, काठमाण्डौ । चीन बाहिर कोरोना भाइरसको संक्रमणले पहिलोपटक एक जनाको मृत्यु भएको छ । फिलिपिन्समा एक ४४ वर्षीय पुरुषको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सीएनएनका अनुसार मृत्यु हुने चीनकै हुवेइ प्रान्तको वुहान शहरका हुन । विश्व स्वास्थ्य संगठनले फिलिपिन्समा आउनु अघि नै उक्त व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने जनाएको छ । कोरोना भाइरसको संक्रमणले हालसम्म करिब ३०० जनाको मृत्यु भएको छ ।

१४ हजार व्यक्ति उक्त संक्रमणको चपेटामा परेका छन् । चीनको वुहान प्रान्तबाट हङ्कङ हुँदै संक्रमित व्यक्ति एक ३८ वर्षीया महिलासँगै वुहान पुगेका थिए । फिलिपिन्सको स्वास्थ्य विभागका अनुसार उहाँसँगै महिलामा पनि संक्रमण भएको पाइएको छ । उनलाई मनिलास्थित एक अस्पतालमा भर्ना गराउँदा निमोनियाले ग्रसित भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस